News Portal

वैदेशिक रोजगारीका लागि लिविया पुगी अलपत्र परेका १५ नेपालीकाे शान्ति सेनाले गर्याे उद्धार

एनपर्दा संवाददाता
१६८९ पटक

काठमाडौँ । वैदेशिक रोजगारीका लागि लिविया पुगी अलपत्र परेका १५ नेपालीकाे शान्ति सेनाले उद्धार गरेकाे छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासको पहलमा ती नेपालीलाई ट्रिपोलीमा रहेको अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) को क्याम्पमा राखिएको छ ।

लिवियाको सुरक्षा निकाय तथा आईओएन र ट्रिपोलीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति नियोगको नेपाली सेनासँगकाे समन्वय तथा सहयोगमा इजिप्टस्थित नेपाली दूतावासले उनीहरुको उद्दार गरेको हो । शान्ति सेनासहितका सुरक्षा निकायले नेपालीको उद्धारमा निरन्तर सहयोग गरिरहेको पनि बताइएको छ ।उद्दार हुनेहरूमा गणेश थापा मगर, सनम विश्वकर्मा, पूर्णबहादुर गुरुङ, जयराम धामी, अमृत गुरुङ, भुवन आचार्य, वुद्धि बहादुर अधिकारी क्षत्री, कृष्ण कोइराला, राजु विश्वकर्मा, जयराम धामी, गुप्त बहादुर विक, राजु विष्ट, शेखर खरेल, अजय कुमार चौधरी, प्रकाश विश्कर्मा र मनोहर कार्की रहेकाे दुतावसले जनाएकाे छ ।

उनीहरु कार्यरत कम्पनीले डरत्रास देखाइ काममा लगाएको र नेपाल फर्कनका लागि राहदानी समेत नदिएकाले कायरोस्थित दुतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो ।अहिले क्याम्पमा रहेका १५ जनालाई आईओएमले खान र बस्नको व्यवस्था मिलाउनुका साथै हवाइ टिकटको समेत व्यवस्था मिलाइदिने भएको छ । लिबियामा पछिल्लो समय हिंसात्मक सशस्त्र सङ्घर्ष जारी छ । सरकार समर्थित सैनिक र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तार समर्थित सैनिकबीच चलिरहेको भिषण युद्धका कारण सयौंको ज्यान गइसकेको छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...