News Portal

अब सकिए दलालका दिन आफै यसरी सरकारी अनलाईनबाट काम रोजेर विदेश जान सकिने शेयर गरी सबैलाइ जानकारी गराउ

एनपर्दा संवाददाता
२०४४ पटक

काठमाडौ । नेपालको बढ्दो बेरोजगारीले अहिले पनि कामका लागि विदेश जाने नेपालीहरुको संख्या बढ्दो छ । योबीचमा कामा लागि विदेश जाने क्रममा धेरै व्यक्तिहरु ठगिने गरेका छन् । के तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ ? विदेशमा पाइने कामको बारेमा बुझ्न चाहनुहुन्छ ? अबदेखि कामका लागि कुनै दलाललाई सोध्नु नपर्ने भएको छ ।

अब घरमै बसेर विदेशमा पाइने कामको बारेमा जानकारी लिन सकिने भएको छ ।अनलाइनमार्फत आफूले गर्न चाहेको कामको बारेमा कुन देशबाट ‘डिमाण्ड’ आएको छ र सेवासुविधा कस्तो छ भनेर बुझन सकिने भएको हो । वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेको जानकारी दिएको छ ।

विभागका महानिर्देशक भिष्मकुमार भुषालले अनलाईनबाट नै कुन देशका कुन कम्पनीमा कस्ता कामका लागि माग आएका छन् भन्ने जानकारी अब विभागको अनलाइन मा हेर्न सकिने जानकारी दिनुभयो ।यो विकाससँगै अब कामदारले विदेशमा पाइने कामको बारेमा एजेण्ट वा म्यानपावरको झुटो आश्वासनमा फस्न नपर्ने विश्वास गरिएको छ । उहाँले सबैलाई सचेत हुन आग्रह गर्दै भन्नुभयो, ‘अब जान चाहेको काम, पाइने सेवा सुविधा लगायतको जानकारी वेवसाइटबाटै लिन सकिन्छ, त्यसैले अब दलाल र म्यानपावरको झुटमा नफस्नुहोला ।’आफ्नो इच्छाको काम, दाम र त्यो काम पाइने ठाउँसँगै नेपालबाट त्यो काममा पठाउने म्यानपावर कम्पनीको बारेमा समेत जानकारी लिन सकिने महानिर्देशक भुषालले जानकारी दिनुभयो । सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । यो ववसाईटमा क्लिक गरेर सबै जानकारी लिनुहोस् । http://dofe.gov.np/

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...