
काठमाडौ । यहाँ भारतीय जनता पार्टी ९भाजपा० विधायकले महिलामाथि मारपीट गरेको भिडियो अहिले सामाजिक सञ्जाललमा भाइरल भइरहेको छ । यो भिडियोमा बीजेपी विधायक बलराम थवानीले महिललाई मारपीट गरिरहेको देख्न सकिन्छ । ति महिलाको गल्ती अहमदाबाद नरोदामा पानी नआएको भन्ने गुनासोको आधारमा मारपीट गरिएको हो । एक जना नेताले पहिले महिलालाई लात्ताले हानेर पछि बहिनी बनाएका छन् । यो घटनाले अहिले विश्व नै आश्चर्यमा परेको छ । यो घटना गुजरातको अहमदाबादमा भएको हो ।
यो भिडियोलाई लिएर अनेक चर्चा हुन थालेका बेला उनीहरु दाजु बहिनी भएका छन् । विधायकले आफुले अन्जानमा ठुलो गल्ती गरेको भन्दै माफि पनि मागेका छन् । यता भारतीय जनता पार्टीले उनलाई कारण देखाउ भन्दै पत्र पठाएको छ । महिलाले ति विधायकको हातमा राखी बाँधेर आफ्नो दाई बनाएकी छिन् ।
यसलाई लिएर अहिले चलचित्र वा सिरियलमा भएको भन्दा धेरै नाटक गरेको टिप्पणी गर्न थालिएको छ । पहिले महिलाले चुनावमा बोलेको तर गाउँमा पानी नआएको भन्दै प्रश्न गरेकी थिइन् । त्यही कारण नेताले लात्ती लात्तीले हानेका थिए । पछि अब पद नै धरापमा पर्ने भयो भन्ने थाहा पाएपछि सोझी महिलालाई फकाएर । लोभ देखाएर बहिनी बनाएर समस्या सुल्झाउन खोजिएको आरोप उनीमाथी लागेको छ । भारत सबैभन्दा धेरै फण्डा भएको देशको यहाँ सामाजिक तथा राजनीतिक अनेकौ फण्डा हुने गरेका छन् । एजेन्सी
#WATCH BJP's Naroda MLA Balram Thawani kicks NCP leader (Kuber Nagar Ward) Nitu Tejwani when she went to his office to meet him over a local issue yesterday. Nitu Tejwani has registered a complaint against the MLA. #Gujarat pic.twitter.com/dNH2Fgo5Vw
— ANI (@ANI) June 3, 2019