News Portal

हात हतियारमा खर्च गर्ने बजेट दुर दराजका जनताको विकासमा लगाउँ : पाकिस्तानी सेना

एनपर्दा संवाददाता
७८४ पटक

इस्लामावाद । लामो समय देखि आर्थिक संकट झेल्दै आएको पाकिस्तानलाई ठुलो राहत मिलेको छ । पाकिस्तानी सेनाले एक अभूतपूर्व कदम उठाएको छ । पाकिस्तानी सेनाले दिएको जानकारी अनुसार सेनाले रक्षा बजेटमा कटौती गर्न लागेको छ । इमरान खान नेतृत्वको सरकार आर्थिक संकटलाई पार लगाउँन अनेक प्रयत्न गर्दै आएको समयमा सेनाको यो कदमले पाकिस्तानलाई ठुलो सहयोग पुग्ने देखिएको छ ।

इन्टर सभिर्सेज पब्लिक रिलेशन महानिदेशक मेजर जनरल आसिफ गफूरले ट्विट गरेर सेनाले रक्षा क्षेत्रका लागि धेरै रकम खर्च नगर्ने जनाएको छ । गफूरले ट्विट गर्दै लेखेका छन, ‘एक वर्षको लागि रक्षा बजेटमा स्वैच्छिक कटौती रक्षा र सुरक्षाको क्षेत्रमा लगानी हुँदैन । हामी सबै कुरालाई ध्यानमा राखेर आफुलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा जानकार छौं ।तीन सेवा उचित आंतरिक माध्यमबाट कटौतीको प्रभाव प्रबन्धन गर्नेछ । जनजातीय क्षेत्रों र बलूचिस्तान क्षेत्रमा खर्च गर्नु लाभदायक हुन्छ ।’ उनले कति कम गर्न लागेको भन्ने बारेमा कुनै जानकारी गराएका छैनन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सेनाले उठाएको कदम तारिफयोग्य भएको बताएका छन् ।

अहिले पाकिस्तानको आर्थिक अवस्थालाई ध्यानमा राखेर सेनाले रक्षा क्षेत्रमा भन्दा दुर दराजका क्षेत्रहरुमा लगानी गर्न खोज्नु आफैंमा महान कार्य भएको खानको बुझाई रहेको छ । विज्ञान तथा प्रविधिमन्त्री फवाद चौधरीले यसलाई ठुलो कदम भएको बताएका छन् । उनका अनुसार जनता र सेना बिचको समन्वयबाट देशलाई समृद्ध बनाउँन सकिन्छ । खर्च कटौती गर्नको लागि खानले प्रधानमन्त्री भएको समयमा २ नोकर र एक जना सैन्य अधिकारीका एक सामान्य घरमा वस्न थालेका थिए । खानको उक्त कार्यको धेरैले प्रशंसा पनि गर्दै आएका छन् । अहिले सेनाले लिएको यो कदमलाई पनि धेरैले सकारात्मक भएको भनेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...