News Portal

एकाएक ९ जना मन्त्रीले एकैपटक सामूहिक राजीनामा दिएपछि सरकारलाई धक्का, समर्थन भने यथावत

एनपर्दा संवाददाता
४४७६ पटक

काठमाडौं । श्रीलंकामा नौजना मन्त्रीले पदबाट राजीनामा दिएपछि सरकारलाई धक्का लागेको छ। इस्टरका दिन २१ अप्रिलमा भएको बम विस्फोटपछिको हिंसामा कम्तिमा २५८ जना मारिएको विषयमा मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् । मुस्लिम मन्त्रीहरुले हिंसामा अल्पसंख्यकलाई निशाना बनाउँदा पनि सरकार निरीह भएको भन्दै पद त्याग्ने निर्णय लिए । देशभरमा बौद्ध भिक्षुले गरेको प्रदर्शनपछि सोमवार ९ मन्त्री र दुई प्रान्तीय राज्यपालले राजीनामा दिने निर्णय गरेका हुन् । यिनमा क्याबिनेट मन्त्री कबीर हाशिम, गृह मन्त्री हलीम र रिशद बतिउद्दिन सामेल छन् । यिनका साथै राज्यमन्त्री फैजल कासिम, हारेश, अमीर अली शिहाबदीन, सैयद अली जाहिर मौलानाका उपमन्त्री अब्दुल्ला महरूफले पनि राजीनामा दिने निर्णय गरेका छन् । न्याय र जेल मन्त्री रऊफ हकिमका अनुसार सबै मन्त्रीले आफ्नो पदबाट राजीनामा दिने भएका छन् । तर सरकारलाई समर्थन भने यथावत हुनेछ ।

उता सुडानको राजधानी खार्तुम सेनाले चलाएको गोली लागि मृत्यु हुनेको संख्या कम्तिमा ३० पुगेको छ । सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सेनाले गोली प्रहार गरेको हो । घटनामा सयौं घाइते भएका छन् । सेनाले खार्तुमस्थित एक अस्पतालभित्रै प्रवेश गरेरसमेत गोली चलाएको र ठूलो संख्यामा मानिसको मृत्यु भएको अधिकारकर्मीहरुले जनाएका छन् । सैन्य मुख्यालय अगाडि धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा सेनाले गोली चलाएको हो । प्रदर्शनस्थलमा लगातार गोली चलेको आवाज आएको पनि बताइएको छ ।

सैनिक शासनविरुद्ध प्रदर्शनकारीहरु सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए । आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ । चिकित्सकहरुको केन्द्रीय टोलीले घटनामा सयौं व्यक्ति घाइते भएको र मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने दाबी गरेको छ । रेडक्रस र मानवीय सहयोगका लागि गठन भएका अन्य संघसंस्थाले पनि खार्तुममा ठूलो संख्यामा प्रदर्शनकारीहरु मारिएको र आपत्कालिन सहयोगको आवश्यकता परेको बताएका छन् । सुडानी प्रोफेसनल एसोसिएसन ९एसपीए०ले सेनाले ‘रक्तपातपूर्ण आमहत्या’ गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्णरूपमा असफल तुल्याउन ‘नागरिक अवज्ञा’ गर्न आह्वान गरेको छ । सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैंले लिएको थियो ।

सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भए पनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन् । यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अस्पतालभित्रै प्रवेश गरेर गोली चलाइएको घटनाबारे निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । संयुक्त राज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल रोक्न आग्रह गरेका छन् । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र बेलायतबीचको अनन्त मित्रवत सम्बन्धको प्रशंसा गरेका छन् । बेलायतको तीन दिने राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच सदियौंदेखि रहँदै आएको मित्रवत सम्बन्ध उत्कृष्ट रहेको बताएका हुन् ।

बेलायती महारानी एलिजावेथ द्वितीयले राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानिया ट्रम्पको सम्मानमा बकिंघम प्यालेसमा आयोजना गरेको राजकीय भोजमा ट्रम्पले दुई मुलुकबीचको सम्बन्धको प्रशंसा गरेका हुन । त्यस क्रममा महारानी एलिजाबेथले दुई देशले दशकौंदेखि दुवै देशका नागरिकको सुरक्षा र समृद्धिका लागि सहकार्य गरेको बताइन । तीन दिने भ्रमणका लागि ट्रम्प हिजो लण्डन पुगेका हुन् । लण्डन पुगे लगत्तै ट्रम्पले स्थानीय मेयरको आलोचना गरेका थिए । उनले लण्डनका मेयर सद्दिक खानलाई असक्षमको संज्ञा दिएका थिए । मेयर खानले ट्रम्पका लागि रातो कार्पेट बिच्छ्याउन नहुने र राजकीय भ्रमणको मान्यता पनि दिन नहुने बताएका थिए । ट्रम्पले त्यसकै जवाफ लण्डन पुगे लगत्तै ट्वीटरमार्फत दिएका हुन् । तर रात्रीभोजको क्रममा दिएको वक्तव्यमा भने बेलायत र बेलायती नागरिकको प्रशंसा गरे । उनले महारानी एलिजाबेथ ‘महान महिला’ भएको पनि बताए । संन्चारकेन्द्रबाट लिइएको ।

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...