News Portal

यस्ता पनि राजा ! बिरामी छोरालाई पीडामा छाडेर यौनदासीसँग रोमान्स गर्दै थाइ राजा

एनपर्दा संवाददाता
७९४ पटक

थाइ राजा रामा दशौंका एकमात्रै छोरा तथा गद्दीका हकदार १५ वर्षीय दिपाङक्रोन रश्मीजोती अहिले जर्मनीमा ‘एक्लो र बेवास्ताको’ जीवन बाँचिरहेका छन् । जबकी, यही समय उनका बाबु २० जना यौन दासीसँगै जर्मनीको एउटा होटलमा रोमान्स गरिरहेका छन् ।

आफ्ना बाबु बसेको होटलभन्दा ४० माइल्स पर एक बंगलामा दिपाङक्रोन बस्छन् । जहाँबाट, स्टार्नवर्ग तालको दृश्यावलोकन गर्न सकिन्छ । उनमा अथिज्म नामक समस्या देखिएको छ । यस्तो समस्या हुनेले प्राय सामाजिक अन्तक्रिया गर्न चाहँदैनन् र बोल्न रुचाउँदैनन् । त्यसैले उनको जीवन पिँजडाजस्तो छ र उम्कने विकल्प छैन । जर्मन पत्रिका विल्डका अनुसार स्विमिङ पुलसहित ठूलै क्षेत्रफलको एक बंगलामा यी साना राजकुमारको सेवामा दुई दर्जन कर्मचारी खटिएका छन् ।

तर, राजा रामा दशौं अर्थात् ६७ वर्षीया महा बज्रलङक्रोन आफ्ना छोरालाई भेट्न जाँदैनन् । उनी चार तारे होटल अल्पाइनमा २० जना यौनदासीबाट घेरिएर सेल्फ आइशोलेसनमा बसेका छन् । यी यौनदासीहरुलाई सैनिकको नियुक्ति दिइएको छ । उनीहरुलाई ब्रिटिस स्पेशल फोर्स सरहको एसएएस युनिटको सदस्य बनाइएको छ ।

दिपाङक्रोन रश्मीजोतीको जन्म २९ अप्रिल २००५ मा बैंककमा भएको थियो । उनकी आमा राजकुमारी श्री रश्मी बज्रलङक्रोनकी तेस्रो पत्नी थिइन् । २०१४ मा रश्मी र बज्रलङक्रोनले डिभोर्स गरे । त्यसयता रश्मीले ४५ लाख ७० हजार अमेरिकी डलर क्षतिपुर्ति लिइन्, छोराको जिम्मा बज्रलङक्रोनलाई नै लगाइन् । बिल्डका अनुसार किशोरावस्थाका राजकुमारले त्यसयता आफ्नी आमासँग भेटेका छैनन् । बाबु महा बज्रलङक्रोन छोराबाट ४० माइल्स पर आलिसान होटलमा बस्छन् ।

जर्मनीको बाभारिया राज्यको दक्षिणतर्फकोे यस होटलको नाम ग्रान्ड होटल सोन्नेनविचल हो । नाम नछाप्ने सर्तमा दरबारका एक कर्मचारीले बताएअनुसार छोरा दिपाङक्रोन अथिज्मबाट ग्रस्त छन् । यही रोगका कारण उनलाई जर्मनी ल्याइएको हो । मानसिक विकासमा देखिने यो डिअर्डरका धेरै लक्षण छन् । त्यसमध्ये सामाजिक रुपमा घुलमिल हुन र बोल्न नचाहनु, अलग सोच आउनु मुख्य हुन् ।

‘छोरामा देखिएको समस्याबाट बाबु स्तब्ध छन् ,’ ती कर्मचारीले भने । राजाका एकमात्रै वेध छोरा र गद्दीका उत्तराधिकारी भएकाले अहिले दिपाङक्रनलाई सर्वसाधारणको आँखाबाट टाढा राखिएको छ र उनको समस्याका लागि उपचार भइरहेको छ । सन् २०११ यता दिपाङक्रोनले उल्फ्राट्सहउसस्थित वाल्ड्रफ स्कुलमा पढ्न थालेका हुन् । उनी थाइ भाषाभन्दा पनि राम्रोसँग जर्मन भाषा बोल्छन् ।

४९ वर्षीय पत्रकार एन्ड्रिय म्याकग्रिगोर मार्सलका अनुसार बाबुपछि सम्भवत दिपाङक्रन नै राजा हुनेछन् । ‘तर शासन भने अहिलेका राजाकी बहिनी सिरिन्दहोर्न वा दिपाङकोर्नकी सौतेनी दिदी बज्रकीतियाबाले गर्नसक्छन्, ’ मार्सलले भने । त्यतिबेलासम्म सायद यी राजकुमार ताल हेरेरै बस्नेछन् ।

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...