News Portal

के भिड्छन् त चिन र भारत : सेनाप्रमुखलाई बोलाएर भारतीय रक्षामन्त्रीले चीनलाई दिए यस्तो धम्की

एनपर्दा संवाददाता
९४८ पटक

काठमाडौं । भारत–चीनबीचको तनाब थप बढ्न थालेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनलाई उस्कै भाषामा जवाफ फर्काउने बताएका छन् । पछिल्ला दिनहरुमा लद्दाखलाई लिएर दुई देशका सैनिकबीच विवाद चर्कदै गएको छ ।

भारतीय मिडियाहरुमा आएको समाचार अनुसार सीमा क्षेत्रमा चिनियाँ सेनाहरुले दादागिरी देगाउँन थालेका छन् । उक्त क्षेत्रमा अहिले चिनियाँ सैनिकहरू भारतीय सैनिकहरु भन्दा धेरै संख्यामा छन् । उनीहरुले भारतीय सेनालाई नियन्त्रणमा लिएर भारतले आफ्नो भन्दै आएको क्षेत्रमा आएर पाल टाँगेर बसेका छन् ।

जानकारी अनुसार चिनियाँ सैनिकहरुले गुण्डागर्दी गरेर भारतीय सेनाको कब्जा रहेको भुमिका पसेका हुन् । यस महिना लद्दाखमा चिनियाँ र भारतीय सेना बीच तीन पटक लडाँई भएको छ । अस्थायी लुक्ने ठाउँ बनाउन चीनले नियन्त्रण रेखा (एलएसी) को किनारमा भारतीय क्षेत्रहरुमा घुसपैठ गरेको छ । उनले एलएसीको साथ करीव ५ हजार सैनिकहरू परिचालन गरेको छ । यसको जवाफमा भारतीय सेनाले पनि सैनिक संख्या बढाएको छ ।

चीनको मनोवृत्तिलाई ध्यानमा राख्दै, आउने दिनमा तनाव अझ बढ्ने सम्भावना छ । यो बीचमा भारतीय रक्षामन्त्री सिंहको यस्तो बयान आएको हो । रक्षामन्त्री सिंहले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनसँगको तनावपूर्ण वातावरणमा सुरक्षा बिरोध प्रमुख (सीडीएस) जनरल बिपिन रावत र तीन सेनाका प्रमुखहरूसँग भेट गरेर यस्तो निर्देश गरेका हुन् ।

यस बैठकमा एलएसीको जटिल अवस्थाको समीक्षा गरियो र थप रणनीतिबारे छलफल गरियो । स्रोतका अनुसार चार घण्टा भन्दा बढी समय छलपल भएको थियो जसमा रक्षामन्त्रीले चीनबाट सेनाको संख्या भारतले के गर्ने भन्ने सम्बन्धमा चर्चा गरेका छन् । यस बैठकले शान्तिवार्ताका सधैं तयार रहने तर भारतीय सेनाले आफ्नो सार्वभौमिकतामा कुनै सम्झौता नगरी त्यहाँ आफ्नो नियन्त्रण कायम राख्नेछ भनिएको छ ।

बैठकमा यो निर्णय पनि गरियो कि यस क्षेत्रमा सडक निर्माण कार्य जारी रहनुपर्छ र भारतले चीनको बिरूद्ध आफ्नो सैन्य शक्ति थप बढाउनेछ । यो भन्दा पहिले यस खालका विवाद हुँदा दुई देशका सैन्य अधिकारीहरु बसेर सुल्झाउने गरेका थिए । तर यो पटक झण्डै पाँच पटक सैन्य अधिकारीहरु बसेर कुरा गर्दा मिल्न सकेको छैन । यो पटक चीन एकदम आक्रामक रुपमा प्रस्तुत भएको छ । यहाँ भारतले विवादित क्षेत्रमा सडक निर्माण थालेपछि विवाद सुरु भएको थियो ।

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...