News Portal

अब नेपालले के गर्छ ? चीनले ४ मिटर घटाएर सार्वजनिक गर्यो सगरमाथाको उचाई

एनपर्दा संवाददाता
३८० पटक

काठमाडौ । चीनले विश्वको सर्वोच्व शिखर सगरमाथाको उचाई घटाएको छ । नेपालको भन्दा झण्डै ४ मिटर कम देखाएको छ । अहिले नेपालसहित विश्वभर ८ हजार ८४८ मीटर सगरमाथाको उचाई भनिएको छ । तर चिनियाँ अधिकारीहरुले हालै गरेको अनुसन्धानपछि यस्को उचाई ८ हजार ८४४ बताएको छ । वास्तवमा केही समय पहिले एकदमै विवादमा रहेको विश्वको सर्वोच्व शिखरमा एक चिनियाँ सर्वेक्षण टोली पुगेको छ ।

चीनको एक सरकारी सञ्चारमाध्यले सगरमाथा चीनमा पर्छ भनेपछि विवाद भएको थियो । तर पछि गल्ती सुधार गरेर नेपाल र चीनको बीचमा पर्छ भनेको थियो । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ । तर केही भाग चीततर्फ पनि पर्दछ । बुधवार उनीहरु सगरमाथा अर्थात चिनियाँ भाषामा माउन्ट चोमोलाङ्मा र अंग्रेजी भाषामा माउन्ट एभरेष्टको शिखरमा पुगेका हुन् । उनीहरुले संसारको सबैभन्दा अग्लो शिखरको उचाइ पुनः नापेको बताएका छन् ।

यसलाई हिमाली सर्वेक्षणमा एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । यसले प्रकृतिप्रति मानवीय ज्ञान बढाउने र वैज्ञानिक विकासलाई बढावा दिने विश्वास पनि राखिएको छ । ८ सदस्य टोली बुधबार बिहान ११ बजे सगरमाथाको शिखरमा पुगेका हो । त्यहाँ उनीहरुले एक सर्वेक्षण मार्कर जिएनएसएस (ग्लोभल नेभिगेसन स्याटलाइट सिस्टम) स्थापना गरे भने अन्य ६ सर्वेक्षणकर्ताहरूले शिखरको तल्लो भागबाट अवलोकन गरेका थिए ।

सर्वेक्षणको टोली मे ६ गते शिखरतर्फ प्रस्थान गरेको थियो । तर मौसम खराबीका कारण उनीहरु योजनामा दुई पटक समस्या भएको थियो । यो चिनियाँ आरोहीहरूको लागि नयाँ रेकर्ड पनि हो । सगरमाथाको चुचुरोमा चिनियाँ टोलीमात्र पुगेको यो पहिलोपटक हो । यसक्रममा उनीहरुले हिउँको गहिराई पनि मापनसँगै जिएनएसएस, गुरुत्वाकर्षण र मौसम सर्वेक्षण पनि गरेका छन् ।

उनीहरुले २७ दिन लगाएर सगरमाथाको उचाई नापेका हुन् । उनीहरु तिब्बत हुँदै सगरमाथामा पुगेका थिए । चीनले नेपालले मापन गरेको उचाई गलत्त भएको बताउँदै आएको छ । चीनका अनुसार सन् १९७५ र २००५ मा गरेको मापनमा सगरमाथाको उचाई क्रमशः ८,८४८.१३ मीटर, ८,८४४.४३ मीटर रहेको छ । यस्को जवाफमा नेपालले के गर्छ त्यो भने हेर्क बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...