News Portal

बेरोजार र जागिर गुमेका सबैलाई जागिर दिन अर्थमन्त्रीले लगाए यस्तो उपाय

एनपर्दा संवाददाता
१३५३ पटक

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) का कारण अब जागिर गयो भनेर चिन्तामा हुनुहुन्छ ? चिन्ता नलिनुहोस् अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको महामारीबाट रोजगारी गुमाएकाहरुलाई रोजगारी सिर्जना गर्न बचन दिएका छन् । उनले यसका लागि नयाँ उपाए अपनाएका छन्। उनले बजेटपश्चात शुक्रबार पत्रकार सम्मेलन गर्दै बजेटले रोजगारीलाई पहिलो प्राथामीकतामा राखेको बताएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रममा परिमार्जन पनि गर्ने र ठोस काममा १०० दिन नै काम गर्ने अवस्था सिर्जना गर्ने उनले बताए। स्थानीय विकास निर्माण, ठूला तथा साना आयोजनाहरुमा र आफ्नो गाँउ, आफै बनाउ भन्ने मोडेलमा श्रम शक्ति परिचालन गरेर जनप्रतिनिधिहरु समेत लागेर विकासको प्रकृयालाई अघि लैजाने उनले बताए। यसबाट २ लाख रोजगारी सिर्जना हुने उनको भनाइ छ।

साना किसान कर्जा कार्यक्रम अन्तर्गत करिब ३ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन हुँदा थप ४० हजारले रोजगारी पाउने उनले बताए। यो साना किसान विकास बैंकमार्फत सहकारीहरुलाई दिइने कर्जा हो। युवा स्वरोजगार कर्जाको प्रवाहबाट १२ हजारले रोजगारी पाँउनेछन्। गरिबका लागि लघुउद्यम लगायतका कार्यक्रम उद्योग मन्त्रालयले सञ्चालन गर्छ यसबाट १ लाख ३० हजारले रोजगारी पाउनेछन्। वन पैदावारमा आधारित रोजगारी कार्यक्रमबाट अर्को ३० हजारले रोजगारी पाउनेछन्।

गरिबी निवारण कोषको करिब १९ अर्ब रुपैयाँ निष्क्रिय बसेको छ। त्यो पैसा सामुदायिक संस्थाहरुले सहकारीको माध्यमबाट परिचालन गरेर स्थानीय विकास निर्माण र स्थानीय उत्पादन कार्यका लगाएमा करिब डेढ लाख रोजगारी त्यहाँबाट सिर्जना हुन्छ। प्राविधिक र व्यवसायिक शिक्षाबाट नयाँ सिप सिकेका व्यक्तिहरु श्रम बजारमा आउछन्। त्यसबाट करिब ५० हजार रोजगारी सिर्जना हुनेछ र अन्य छोटो अवधिका तालिमहरुबाट पनि घटिमा ५० हजार रोजगारी सिर्जना हुने उनले बताए।

अहिले ५० करोड पूँजीबाट नवपर्वतन सुरुवाती फण्ड भनेर च्यालेन्ज फण्डको व्यवस्था गरेका छौ। त्यो पूँजी परिचालन गर्दा करिब २ हजार रोजगारी सिर्जना हुनेछ, उनले भने। सहुलियतपुर्ण कर्जा र राष्ट्र बैंकबाट लघुवित्तमार्फत अन्य कर्जाहरुबाट घटिमा पनि ७र८ लाख रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाई छ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...