News Portal

बिश्वको शक्त्तीशाली देश अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिबाट सन्यास लिने घोषणा

एनपर्दा संवाददाता
१२५० पटक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनाव हारे राजनीतिबाट सन्यास लिने बताएका छन । आगामी नोभेम्बरमा हुने निर्वाचनमा यदी आफूले हारेमा राजनीतिबाट सन्यास लिएर अन्य पेशामा लाग्ने बताएका हुन ।

विपक्षी डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार जोए बाइडेन र ट्रम्पबीच आगामी नोभेम्बरमा राष्ट्रपतिका लागि मुख्य प्रतिष्पर्धा हुँदैछ । बाइडेनले रिपब्लिकन पार्टीले धोका दिनसक्ने र ह्वाइट हाउस छाड्न अस्वीकार गर्नसक्ने प्रतिक्रिया दिएपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

‘यदी मैले जितिन भने, जितिन । मेरो मतलब, तपाईँलाई थाहा छ नी, जान्छु र अर्कै काम गर्छु,’ ट्रम्पले भनेका छन् । तर उनले अर्कै काम भनेको के हो त्यसबारे खुलाएका छैनन् । ट्रम्प राजनीतिमा आउनुअघि व्यवसायमा व्यस्त थिए । राजनीतिज्ञसँगै उनी एक सफल व्यवसायी पनि हुन् ।

कोरोना भाइरस महामारीका बावजुद ट्रम्प र बाइडेन चुनावी प्रतिष्पर्धाका लागि जुटिरहेका छन् । तर यसअघि भएका नमूना मतदानमा बाइडेनले नै ट्रम्पलाई जितेका छन् । त्यसो त, पछिल्लो समय आलोचित र विवादित भइरहेका ट्रम्पका अगाडि बाइडेन बलियो उम्मेदवार बन्ने अपेक्षा गरिएको छ ।

ट्रम्पका चुनावी अभियानका प्रवक्ता टीम मुर्तागले बिहीबार भने अनुसार ट्रम्प चुनावी नतिजा स्वीकार गर्न तयार हुनेछन् । बाइडेनले भने उनी चुनावी नतिजा स्वीकार गर्न तयार नहुने टिप्पणी गरेका थिए ।

ट्रम्पले यदी २०२० को चुनाव जितेको खण्डमा उनी दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्नेछन् । तर पछिल्लो समय उनी अमेरिकी जनतामाझ विवादित बन्दैआएका छन् । बाइडेन भने उपराष्ट्रपति बनिसकेका डेमोक्रेट्स नेता हुन् ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...