News Portal

तपाईलेपनि जान्नैपर्छ मोबाईल सिमाकार्ड बारे आयो नयाँ नियम

एनपर्दा संवाददाता
१०३७ पटक

काठमाडौं । तपाँईले आफ्नो नामबाट कतिवटा सिमकार्ड निकाल्नु भएको छ ? एक, दुई वा त्यो भन्दा धेरै सिमकार्ड निकाल्नु भएको छ ? दुईवटासम्म निकाल्नु भएको छ भने समस्या छैन तर दुई भन्दा धेरै निकाल्ने विचारमा हुनुहुन्छ भने एकछिन सोच्नुपर्ने बेला आएको छ ।

अब एउटा दूरसञ्चार सेवा प्रदायकले एकै व्यक्तिका नाममा दुईभन्दा बढी सिमकार्ड जारी गर्न नपाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले आइतबार यससम्बन्धी निर्णय गरेको हो । सोहीअनुसार सेवा प्रदायकलाई निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्राधिकरणका अनुसार निर्देशन तत्काल कार्यान्वयन हुनेछ । अब कुनै व्यक्तिका नाममा दुई वा सोभन्दा बढी सिमकार्ड जारी भइसकेको छ भने उसले अर्को सिम लिन पाउनेछैन । प्रवक्ता अर्यालले यसअघि जारी भइसकेको सिमकार्डका विषयमा प्राधिकरणले सेवा प्रदायकसँग छलफल गर्ने जानकारी दिनु भएको छ ।

यसअघि एकै व्यक्तिका नाममा दुईभन्दा बढी सिमकार्ड जारी भएको पाइए त्यसलाई के गर्ने भन्ने विषयमा प्राधिकरणले छिट्टै सेवा प्रदायकसँग छलफल गर्ने जानकारी दिइएको छ । प्राधिकरणले सेवा प्रदायकसँग दुई वा दुईभन्दा सिमकार्ड लिनेको संख्या कति छ भनेर तथ्यांक माग गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल टेलिकमको हकमा भने एकै व्यक्तिका नाममा तीनवटा सिम जारी गर्न पाइनेछ । टेलिकमको जीएसएम सेवातर्फ दुई वटा सिम र सीडीएम सेवातर्फ थप एक सिम जारी गर्न पाइने व्यवस्था गरिएको हो । सिमकार्डमा आधारित भएर बैंकिङ कारोबार गरिने भएकाले उपभोक्ताको सुरक्षाका लागि पनि एकै व्यक्तिका नाममा धेरै सिम जारी गर्न नपाइने गरी निर्देशन हो ।सबैको जानकारीको सेयर गर्नुहोस !!

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...