News Portal

यति धेरै नाफा कमाउँने तीन कम्पनीको आउँदैछ आइपिओ : पैसा ठिक पारेर राख्नुहोस्

एनपर्दा संवाददाता
२४७ पटक

काठमाडौ । पैसा ठिक पारेर राख्नुहोस् नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट छिटै धेरै नाफा कमाएका तीन कम्पनीले आइपिओले स्वीकृत पाउने भएको छ। रिलायन्स लाइफ इन्स्योरेन्स, चन्द्रागिरि हिल्स र समाज लघुवित्तको आइपिओ अन्तिम चरणमा पुगेको बोर्डले जनाएको हो। गत वर्षको फागुन १६ गते बोर्डमा आइपिओ निष्कासनका लागि निवेदन दिएको समाज लघुवित्तको आइपिओ रेटिङपछि स्वीकृत हुने बोर्डले जानकारी दिएको छ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को तेस्रो संशोधन अनुसार संगठित संस्थाले सार्वजानिक निष्कासन गर्नु अघि रेटिङ संस्थामार्फत रेटिङ गराउन पर्ने व्यवस्था छ। यस अघि ३ करोड भन्दा कम पुँजी भएका कम्पनीहरुले रेटिङ गराउन नपर्ने व्यवस्था थियो। कम्पनीले सो व्यवस्था रहँदै बोर्डमा आइपिओ निष्कासनको लागि निवेदन दिएको थियो। बोर्डबाट आइपिओ स्वीकृत नहुँदै व्यवस्था संशोधन भएपछि लघुवित्तले रेटिङ गनुपर्ने भएको हो।

हाल कम्पनीको चुक्ता पुँजी २ करोड छ। बोर्डका अनुसार हाल कम्पनी रेटिङ गर्ने कार्यमा गइसकेको छ। रेटिङ पाए लगतै कम्पनीले आइपिओ स्वीकृत पाउने बोर्डले जनाएको छ। कम्पनीले ८६ हजार कित्ता बराबरको ८६ लाख रुपैयाको आइपिओ निष्कासन गर्न लागेको हो। त्यस्तै, चन्द्रागिरी हिल्स र रिलायन्स लाइफ इन्स्योरेन्सलाई बोर्ड अपुग भएको विवरण ल्याउन कमेन्ट पठाएको छ।

उक्त विवरण बोर्डमा आएपछि बोर्डले अध्ययन गर्छ र छिटै आइपिओ स्वीकृत हुने बोर्डको भनाई छ। चन्द्रागिरि हिल्स लिमिटेडले प्रतिकित्ता १ सय रुपैयाँमा १८ लाख ४० हजार ९ सय १० कित्ता आइपिओ निष्कासन गर्नेछ भने रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता आइपिओ निष्कासन गर्नेछ।

प्रतिकृया दिनुहोस्

बामदेवको मन्त्री हुने सपना तुहियो, सांसद पद नै महँगो पर्ने संकेत

काठमाडौं- नेकपाका वरिष्ठ नेता एवं पार्टी उपाध्यक्ष वामदेव गौतमको अब मन्त्री बन्ने सपना लगभग तुहिएको...

पार्टीमा कार्यकारी अधिकारको प्रयोग सुरु भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज...

दुई महिना अर्कैसग बिहेगरे अब प्रितम बेगर बाँच्न सक्दिन भन्दै दमककी युवती पत्रकारसँग टाप

दमक/झापाकी एक महिला २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छन् । झापा दमक–१ स्थित...

घरवाट पढ्न निस्केकी १७ वर्षकी छोरीको एकैछिनमा मृ’त्युको खबर, सेतो कारमा चढेको गाउँलेले देखेका थिए (भिडियो हेर्नुस्)

काठमाडौ । रुपन्देहीको सैनामैना नगरपालिकामा वडा नम्बर ११ मा एक १७ वर्षकी युवतीको रहस्यमय निधन...

खुल्यो सबै कुरा वामदेव र नारायणकाजी कसरी बन्दैछन् मन्त्री ?

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा...