
काठमाडौं, । नेपालस्थित अमेरिकी राजदूतावासले लिम्पियाधुरा समेटिएकाे नेपालकाे नयाँ नक्सा प्रयाेगमा ल्याएपछि नेपालीहरूले खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन् । दूतावासकाे आधिकारिक फेसबुमा पेजमा काेभिड १९ सम्बन्धी तथ्यांकका साथ नेपालको आधिकारिक नक्सा प्रयोग गरेको हो ।
सरकारले आधिकारिक रुपमा नक्सा परिवर्तन गरेपछि अमेरिकी दूतावास नै नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास तथा कूटनीतिक निकाय बनेकाे छ । फेसबुक पेजमा नेपालकाे नयाँ नक्सा प्रयाेग गरेपछि धेरै नेपालीहरूले त्यसमुनि कमेन्ट गर्दै दूतावासलाइ धन्यवाद दिएका छन् । केहीले पाेस्ट शेयर समेत गरेका छन् । सरकारले हालै मात्र भारतकाे कब्जामा रहेका नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा संविधानमा समेत समावेश गरिसकेकाे छ ।
सामाजीक काममा स्थापनासँगै लाग्यो लायन्स क्लव अफ पोखरा गण्डकी प्रदेश
पोखरा । लायन्स क्लव अफ पोखरा गण्डकी प्रदेशले क्लब स्थापना तथा कार्यकाल शुरुवात सगै सेवाक काम गर्न शुरु गरेको छ । पोखरामा रहेका शुक्रराज बलभद्र क्वारेन्टाईन, जनप्रिय क्वारेन्टाईन र पद्यम नर्सिङ क्वारेन्टाईनमा खाद्यान्य तथा स्लिपर्स सहयोग गरिएको क्लवका अध्यक्ष कोपिला श्रीसले न्युजपर्दा डटकमलाई जानकारी दिईन् ।
कार्यक्रममा सम्वन्धीत वडाहरु पोखरा महानगरपालिका १४ का अध्यक्ष प्रेमबहादुर कार्की, ८ का अध्यक्ष रुद्रनाथ बराल, ३ का अध्यक्ष रविन्सन प्रजु प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा वोल्दै क्लवले गरेको कामको प्रसंसा गर्दै आगामी दिनमा पनि समाजसेवाका काममा निरन्तरता दिनुपर्ने उनिहरुले बताए ।
लायन्स क्लव ईन्टरनेशनल ३२५ बि वानका को चिफ एडभाईजर सुचित्रा थापाले क्लबले स्थापना सँगै सामाजिक काममा योगदान पु¥याएकोमा खुसी व्यक्त गरिन् ।
कार्यक्रममा डिष्ट्रिक्ट चियरपर्सन रोजी श्रेष्ठ, विकास भुर्तेल, मिड टाउनका द्धितिय उपाध्यक्ष सुना श्रेष्ठ, क्वारेन्टाईन स्वास्थ्य संयोजक जीबन तिवारी , पोखरा महानगरपालिका १४ का वडा सदस्य जितेन्द्र थापा,शुक्लागण्डकी मा।बी का शिक्षक ढक पुन लगायत उपस्थित थिए ।
तिन वटा क्वारेन्टाईनमा करिव ९० जनालाई सहयोग प्रदान गरिएको प्रथम उपाध्यक्ष कुस्मराज सुवेदीले जानकारी दिए । शुक्लागण्डकी मा विलाई विरुवा रोप्नको लागि ७ हजार रुपैयाँ नगद र विरुवा प्रदान गरिएको उनले बताए । कार्यक्रममा स्वागत क्लबका तृृतिय उपाध्यक्ष उषा थापाले गरेकी थिईन् ।