News Portal

कांग्रेसलाई पहिलो पार्टी नबनाए सभापतिले राजीनामा दिने गगनको सर्तले नेका भित्र हलचल (भिडियो)

एनपर्दा संवाददाता
३६८ पटक

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसलाई पहिलो पार्टी बनाउने हो भने निर्वाचनमा असफल भएमा सभापतिले पद छोड्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।उनको यो भनाई बाहिरिएसंगै कांग्रेस नेतृत्वमाया हलचल मचिएको छ तर कार्यकर्ताहरु बीच भने गगनको उक्त प्रस्ताबले उमंग ल्याएको देखिन्छ । सामाजिक संजालमा गगनलाई समर्थन गर्दै उनको भनाई शेयर गर्ने कांग्रेसीहरुको भेल नै चलेको छ ।

‘कांग्रेसलाई भरोसाको केन्द्र बनाउन युवा नेताको प्रयास’ विषयक अन्तर्क्रियामा बोल्दै थापाले पार्टी सभापतिले चुनावमा बहुमत नपाए २ वर्षमा छोड्न सकेमात्र पार्टी सफल हुने बताए। ‘आफूले भोट हाल्ने सभापतिलाई यति लेखाउन सक्यो भने हामी सफल हुन्छौ,’ थापले भने, ‘हाम्रो परीक्षण हुने पनि आम निर्वाचनमा हो। यदि उसको नेतृत्व असफल हुन्छ भने आधा समयमा छोड्ने कुरा हामीले सभापतिलाई गराउनु पर्छ।’ अहिलेको संरचनामा धेरै कुराकाे अपेक्षा गर्न नसकिने भन्दै थापाले आगामी दिनमा नयाँ रुपमा जान नयाँ सोच निकाल्नुपर्ने बताए। अहिले यस्तो संरचना छ यसबाट अरु कुराको अनुमान गर्न मिल्दैन भन्दै थापाले अब युवाहरुले सभापतिलाई यो सर्तमा लैजानुपर्ने बताए।

२०६० सालमा कांग्रेस सबैको भरोसाको केन्द्र भएको थापाले बताए। विचार र नेतृत्व ठीक भए भरोसाको केन्द्र हुन्छ भन्ने त्यो बेलामा कांग्रेसले देखाएको उनकाे भनाई छ। ‘त्यो समयमा पार्टीको नेतृत्व र विचार एकढिक्का थियो, अनि हामी पहिलो पार्टीको रुपमा नेतृत्व गर्न सफल थियौ’, उनले भने। अहिले कांग्रेसको उभिने स्थान कहाँ हो? भन्नेमा प्रष्ट हुनुपर्ने उनले बताए।

उनले नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्धको परिभाषा के हो? भन्ने अब खोज्नुपर्ने अवस्था भएको बताए। अब कांग्रेस के हो? भन्ने कुराको पुर्नपरिभाषित गर्नुपर्ने भएको थापाले बताए। ‘सनातनदेखि चलि आएको धर्मको रक्षा कसरी गर्ने, जात र धर्मको नाममा हुने विभेदमा हामी कहाँ उभिने?’ उनले भने, ‘यति धेरै युवाहरु भएको देशमा अब कांग्रेसले उनीहरु केन्द्रित भएर नीति बनाउन पर्छ।’

युवाहरुले अहिले नेपालमा अवसर छ भन्ने कुरामा विश्वास गर्नै नसकेको अवस्थामा कांग्रेस कहाँ उभिने? भन्ने चिन्ता रहेको उनले बताए। ‘सभापतिको मत माग्न जाँदा यदि पहिलो पार्टी बनाउन सकिन्न भने पद छोड्छु भन्न किन सकिँदैन,’ उनले भने, ‘सभापतिले किन गुट बनाउने र अन्यले किन बनाउने भन्ने कुरा अब अन्त्य हुन पर्छ।’

प्रतिकृया दिनुहोस्

बामदेवको मन्त्री हुने सपना तुहियो, सांसद पद नै महँगो पर्ने संकेत

काठमाडौं- नेकपाका वरिष्ठ नेता एवं पार्टी उपाध्यक्ष वामदेव गौतमको अब मन्त्री बन्ने सपना लगभग तुहिएको...

पार्टीमा कार्यकारी अधिकारको प्रयोग सुरु भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज...

दुई महिना अर्कैसग बिहेगरे अब प्रितम बेगर बाँच्न सक्दिन भन्दै दमककी युवती पत्रकारसँग टाप

दमक/झापाकी एक महिला २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छन् । झापा दमक–१ स्थित...

घरवाट पढ्न निस्केकी १७ वर्षकी छोरीको एकैछिनमा मृ’त्युको खबर, सेतो कारमा चढेको गाउँलेले देखेका थिए (भिडियो हेर्नुस्)

काठमाडौ । रुपन्देहीको सैनामैना नगरपालिकामा वडा नम्बर ११ मा एक १७ वर्षकी युवतीको रहस्यमय निधन...

खुल्यो सबै कुरा वामदेव र नारायणकाजी कसरी बन्दैछन् मन्त्री ?

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा...