News Portal

आखिर के भयो उत्तर कोरीयामा एकाएक किम जोङ उनले गरे संकटकाल घोषणा

एनपर्दा संवाददाता
२४५ पटक

सोल । उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ । पहिलोपटक कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन् । सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटव्युरो बैठक मार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गराएका हुन् ।

नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागु गर्न आदेश दिएका छन्। आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि कोरोना सम्बन्धी कुनै पनि घटनाहरू नभएको दावी गर्दै आएको थियो । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वसमुदाय महिनौँदेखि आक्रान्त छ । यो महामारीबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका भएको छ र यहाँ ४३ लाखभन्दा बढी मानिसमा सङ्क्रमण फैलिएको छ । यहाँका एक लाख ४९ हजारभन्दा बढी मानिसको यही महामारीबाट ज्यान गइसकेको छ ।

यतिखेर अमेरिका मध्य महामारीमा छ जस्तो देखिन्छ । तर पनि नागरिक कोरोनाको कहरमा रहेको यस समयमा यहाँ भने आगामी नोभेम्बरमा हुने निर्वाचनको सरगर्मी बढेको देखिएको छ। लगभग विश्वकै ध्यान खिच्ने गरेको अमेरिकी राष्ट्रपतिको निर्वाचन आगामी नोभेम्बर ३ मा हुदैछ । त्यस दिन हुने निर्वाचनले अमेरिकाको ५९ औँ राष्ट्रपति चयन गर्नेछ । चुनावी मिति आउन सय दिनभन्दा केही बढी भएको अवस्थामा कोरोना भाइरसका सङ्क्रमित र यसबाट मृत्यु हुने नागरिकको सङ्ख्या भने फेरि पनि उकालो लागिरहेको देखिएको छ । यस्तो अवस्थालाई यहाँका केही जनस्वास्थ्य विज्ञहरुले मध्य महामारीको नाम दिएका छन् ।

अनि कतिपयले भने यस्तो अवस्थामा निर्वाचनको अभियान शुरु हुने बताइरहेका छन् । तर चुनावी अभियानको प्रचारप्रसार र सामाजिक सञ्जालमा देखापरेका विज्ञापनहरु हेर्ने हो भने अमेरिका कोरोना भाइरससँग जुध्नेभन्दा पनि बढी चुनावमा ध्यान केन्द्रित गरेको देखिन्छ । चीनको वुहानवाट उत्पन्न भएर युरोप हुँदै अमेरिका भित्रिएको ठानिएको कोरोना भाइरसले अमेरिकाको राजनीतिमा कस्तो उथलपुथल ल्याउला भन्ने कुरा भने अहिले नै भन्न गाह्रो छ । तर पनि एउटा सत्य के हो भने अमेरिकाले जति नै कोरोना भाइरसका कारणले क्षति व्यहोर्नु परेको विश्वमा अर्को राष्ट्र छैन ।

यसको सामाजिक आर्थिक क्षतिका बारेमा अहिलेसम्म ठोस रिपोर्ट सार्वजनिक भइसकेको भने छैन । यस्तो अवस्थामा हुन लागेको निर्वाचनको नतिजा अमेरिकीलाई मात्र नभएर विश्वलाई समेत व्यग्र प्रतिक्षाको विषय बनेको छ । चुनावी मैदानमा उत्रिएर पुनःआफूलाई निर्वाचित गराउन आह्वान गर्दै अभियानमा होमिएका राष्ट्रपति डोनाल्ड ट्रम्प सङ्कट समाधानका लागि आफ्नो प्रशासनले समयमा नै महत्वपूर्ण निर्णय लिन सफल भएको भन्दै बचाउ गर्दै आएका छन् ।

उनी आफ्ना समर्थकको माझमा उभिएर महामारीको घडीमा उपलब्ध स्रोत र साधन उपलब्ध गराएर जनताको जीवनरक्षा गर्न आफ्नो प्रशासनले भरमग्दुर प्रयास गरेको दोहोर्या उनु हुन्छ । तर विपक्षी पार्टीका उम्मेदवार जो वाइडनले भने कोरोना भाइरसका कारण उत्पन्न सङ्कटलाई सम्बोधन गर्न नसकेको भन्दै ट्रम्प प्रशासनको चर्को आलोचनामा आफ्नो ध्यान केन्द्रित गरेको देखिन्छ । जो वाइडनले विज्ञहरुले दिएको सुझावविपरीत सार्वजकि स्थानमा ट्रम्पले मास्क नलगाएर भाइरसलाई खेलबाड गरेको, कुनै वैज्ञानिक तर्क र प्रमाणविना नै जुन पायो त्यही औषधि कोरोनाका लागि उपयुक्त हुने भन्दै सिफारिश गरेको मात्र नभई सार्वजनिक अभिव्यक्ति नै दिएका कारण उनी पदमा बस्नयोग्य नरहेको टिप्पणी गर्दै आएका छन् ।

विश्वको महाशक्ति देशको शासनको बागडोर सम्हाल्ने राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसलाई चाइनिज भाइरसको सङ्ज्ञा दिँदै आप्रवासीसम्बन्धी व्यवस्थाको आलोचना गर्ने मतदातालाई आफ्नो पक्षमा पार्न प्रयासरत थिए । तर बितेका चार वर्षमा ह्वाइट हाउसमा सेवा गरेर विभिन्न कारणले वाहिरिएकादेखि विभिन्न कालखण्डमा सेवा गरेकासमेत राष्ट्रपति डोनाल्ड ट्रम्पकोविरुद्धको मोर्चाबन्दीमा सामेल भएका छन् । त्यति मात्र होइन ट्रम्पको विरुद्धमा रिपब्लिकन मतदाता भनेर गत मे देखि राजनीतिक प्रयासको थालनी गरिएको छ । यसले राष्ट्रपति ट्रम्पलाई मतदान नगर्न अपिल गर्दै सामाजिक सञ्जालमा विज्ञापन प्रस्तुत गर्ने जनाएको छ । यिनीहरुले पेन्सलभेनिया, विसकन्सिन, मिचिगन, फलोरिडा, नर्थ क्यारोलिना एरिजोनाका मतदातालाई जागरुक गराउनेसमेत जनाइएको छ ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याट स्टेटको मत प्रक्षेपणको नजिक पुग्ने गरे तापनि केही राज्यको मतदान भने चुनावको दिन मात्र थाहा हुने भएकाले यसमा चुनावी अभियानलाई तीव्र पार्ने गरिन्छ । सन् २०२० का लागि यसरी पछिमात्र मत थाहा हुने राज्यहरुमा कोलोराडो, फलोरिडा, आईवा, मिचिगन, मिनासोटा, नेभडा, न्यूह्याम्पसायर, नर्थ क्यारोलिना, ओहियो, पेन्सलभेनिया, भर्जिनिया र विसकन्सिन रहेका छन् । यी राज्यमा जसको अवस्था मजबुत भयो उसले राष्ट्रपतीय निर्वाचन आफ्नो पोल्टामा पार्न सक्नेछ । अमेरिकाको चुनावमा चासो र चर्चामा रहने मुद्दामा आप्रवासन, व्यापार, बेरोजगारी, स्वास्थ्य बीमा, बन्दुक नियन्त्रण जस्ता विषय घरेलु मुद्दाका रुपमा उठाइएको छ भने कोभिडलाई समयमा नै नियन्त्रण गर्न ट्रम्प प्रशासन सक्षम नभएको चर्को आलोचना गरिएको छ । सायद आसन्न निर्वाचनमा यो पनि एक मुद्दा बन्न सक्छ ।

यसका अतिरिक्त सोही दिन ४७० सिटका लागि काँग्रेस र सिनेटमा चुनाव हुँदैछ । तल्लो सदन काँग्रेसको हरेक दुई वर्षमा हुने ४३५ सिटका लागि निर्वाचन हुनेछ भने सिनेटको तीन तहमध्ये एक तहमा विभाजन गरिएको ३५ सिटको पनि त्यही दिन निर्वाचन हुनेछ । एक सय सिट भएको सिनेटमा हाल रिपब्लिकन पार्टीको बहुमत रहेको छ । जसमा ५३ जना रिपब्लिकन र ४५ जना डेमोक्र्याट रहेका छन् । अरु दुई जना स्वतन्त्र छन् । काँग्रेसमा भने डेमोक्र्याट पार्टीको बहुमत रहेको छ । यसपटक काँग्रेस डेमोक्र्याट पार्टीका हरेक तप्कामा सिनेटमा बहुमतको वर्चस्व कायम गर्दै ह्वाइट हाउसमा आफ्ना प्रतिनिधि पुर्या उने तयारीमा रहेका छन् । तर जनताले सो पार्टीको एजेण्डालाई कसरी आत्मसात् गर्नेछन् त्यसका लागि भने नोभेम्बर ३ तारिख नै कुर्नुपर्ने हुन्छ ।

कोरोना भाइरसका कारण उत्पन्न समस्यामा स्थानीय सरकारका रुपमा रहेका गभर्नर मेयरले सन्तोषजनक काम नगरेको भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गर्दै आउनुभएको छ । खासगरी डमोक्र्याट जनप्रतिनिधिको उदारवादी सोचका कारण भाइरसका बारेमा धेरै हल्ला गरिएको राष्ट्रपति ट्रम्पको भनाइ सार्वजनिक हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

बामदेवको मन्त्री हुने सपना तुहियो, सांसद पद नै महँगो पर्ने संकेत

काठमाडौं- नेकपाका वरिष्ठ नेता एवं पार्टी उपाध्यक्ष वामदेव गौतमको अब मन्त्री बन्ने सपना लगभग तुहिएको...

पार्टीमा कार्यकारी अधिकारको प्रयोग सुरु भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज...

दुई महिना अर्कैसग बिहेगरे अब प्रितम बेगर बाँच्न सक्दिन भन्दै दमककी युवती पत्रकारसँग टाप

दमक/झापाकी एक महिला २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छन् । झापा दमक–१ स्थित...

घरवाट पढ्न निस्केकी १७ वर्षकी छोरीको एकैछिनमा मृ’त्युको खबर, सेतो कारमा चढेको गाउँलेले देखेका थिए (भिडियो हेर्नुस्)

काठमाडौ । रुपन्देहीको सैनामैना नगरपालिकामा वडा नम्बर ११ मा एक १७ वर्षकी युवतीको रहस्यमय निधन...

खुल्यो सबै कुरा वामदेव र नारायणकाजी कसरी बन्दैछन् मन्त्री ?

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा...