News Portal

आस्था राउतको दुर्गेशलाई कडा झटारो, न सुर छ, न ताल छ, युट्यूबबाट डलर त आउला, तर सांगीतिक ज्ञान कहाँबाट छाउला ?

एनपर्दा संवाददाता
१०३ पटक

काठमाडौँ । कुन गीत कसको हो भन्ने सामान्य जानकारी समेत नराखेका कारण गायक दुर्गेश थापाको यतिवेला निकै आलोचना भएको छ । तीजको बेलामा बिच्च बिच्चमा गीत गाएर एकाएक चर्चित बनेका दुर्गेशलाई गीत संगीतकै बारेमा सामान्य जानकारी समेत नभएको थाहा पाएपछि उनलाई समर्थकहरुले नै ट्रोल बनाएका छन् ।

प्राइम टिभीमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा थापाले सूर–ताल बिगारेर गीत गाएका थिए । एउटाको गीतलाई अर्कैको भन्दिएका थिए । उनको श्वर सुनेर पनि दर्शकहरुले खिल्ली उडाएका छन् । यतिसम्म कि, थापाले नारायण गोपालको गीत भनेर भक्तराजको गीत बिगारेरै गाए भने शिव परियारको गीतको त अर्थको अनर्थ नै बनाइदिए । त्यस्तै रामकृष्ण ढकालको गीतलाई यम बरालको भनिदिए ।

गीतसंगीतमा रुची राख्ने र साधना गरेर यो क्षेत्रमा लागेकाहरुले उनको अहिले आलोचना गरेका छन् । आफ्नो क्षेत्रलाई बदनाम गरेको भन्दै टिपणी गरेका छन् । यस्तैमा गायिका आस्था राउतले दुर्गेशलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा व्यंग्य गरेकी छन् । उनले पछिल्लो समय रहरै रहरमा गायक बन्नेहरुबाट दुखी बनेको संकेत गरिन् । दुर्गेशको नाम नलिएरै उनले सामाजिक सञ्जालमा कडा टिप्पणी गरेकी छन् ।

राउतले लेखेकी छन्, ‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ, न ताल आउँछ, अटो–ट्यूनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसक्ने रु युट्यूबबाट डलर त आउला, तर सांगीतिक ज्ञान कहाँबाट छाउला ११ हेर्दैछु, नेपाली गीत संगीत कहाँ जाँदैछ, के दर्शकलाई यस्तै चटक नै मन पर्दैछ रु हैट, अब के चाहिँ गर्नु १ के बोल्नु कि नबोल्नु रु’

दुर्गेशको उक्त अन्तर्वार्ता सार्वजनिक भएपछि आस्थाले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेकी हुन् । आस्था नेपाली आधुनिक गायनमा अब्बल र लोकप्रिय गायिका मानिन्छिन् । दुर्गेश गत वर्षको तीजमा ‘बीच्च बीच्चमा।।।’ गाएपछि चर्चामा आएका थिए ।

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...