News Portal

ओलीसँग माधव नेपालको प्रस्ताव, पार्टी अध्यक्ष बनाउनुस्, हामी मिलौं

एनपर्दा संवाददाता
२३५ पटक

नेकपाभित्र अन्तर्विरोध उत्कर्षमा पुगकै बेला वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनबाट पार्टी अध्यक्ष बनाए केपी ओलीसँग सहकार्य गर्न सकिने प्रस्ताव अगाडि सारेका छन्  ।

शुक्रबार अबेर रात बालुवाटारमा भएको छलफलमा नेपालले यस्तो प्रस्ताव राखेका हुन् । ‘महाधिवेशनबाट पार्टी अध्यक्ष र त्यसअगाडि महाधिवेशन आयोजक समिति संयोजक बनाए सहकार्य सम्भव छ,’ नेपालले ओलीसँग राखेको प्रस्ताव उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो  । ओलीले थप छलफल गरेर एउटा निष्कर्षमा पुग्ने आश्वासन दिएका छन्  ।

जब कि त्यसै दिन दिउँसो नेपालले ओलीमाथि आक्रामक अभिव्यक्ति दिएका थिए । ‘विधिको पालना नगरेर ‘मै स्टेट हुँ’ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो, आफूलाई मात्रै केन्द्रबिन्दुमा राख्न थालियो, आफूबाहेक दुनियाँमा कसैको अर्थ छैन भन्ने ठान्न थालियो, त्यस्तो अहंकारको भावनाबाट चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृत्तिको पतन हुनेबाहेक अर्को केही पनि हुँदैन  ।

यदि हामी कोही त्यस्तो विचार र प्रवृत्तिमा चुर्लुम्म डुबेका छौँ भने त्यसबाट उम्किऔँ, जोगिऔँ  । समय छ, तर समय धेरै ढिला हुन थालिसकेको छ,’ पुष्पलाल स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा नेपालले भनेका थिए, ‘आफूसँगसँगै आन्दोलनलाई नै समाप्त पार्ने मूर्खतापूर्ण काम कसैबाट नहोस्  । बहुमतको निर्णय नै पार्टीको निर्णय हुनेछ भन्ने कुरालाई सबैले पालना गर्नुपर्छ  । म मान्दिनँ भन्ने छुट कसैलाई पनि छैन  । सबैमा यो चेत पलाउनेछ  । हामी सबैले जिम्मेवार भएर सोचौँ  । आफूलाई अपरिहार्य नठानौँ, सबैको बुद्धि, खुबी, क्षमता, योग्यता र आ–आफ्नो भूमिका सम्झेर अगाडि बढौँ र कमीकमजोरी सुधारौँ  ।’ नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...