News Portal

सुशान्त प्रकरणमा अहिलेसम्मकै गम्भीर खुलासा, उनकै प्रेमिकाले यतिसम्म गरेको खुलासा

एनपर्दा संवाददाता
१५३ पटक

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको देहत्याग प्रकरणमा थप गम्भीर खुलासा भएको छ । अभिनेता राजपुतका पिताले पटनाको एक प्रहरी चौकीमा सुशान्तकी प्रेमिका बलिउड अभिनेत्री रिया चक्रवर्तीविरुद्ध एफआईआर दर्ता गराएका छन् ।

भारत, बिहार राज्यको राजधानी पटना सेन्ट्रल जोनका प्रहरी निरीक्षक सञ्जय सिंहका अनुसार एफआईआरमा सुशान्तका पिताले देहत्याग गर्न बाध्य बनाएको भन्दै रियाविरुद्ध विभिन्न आरोप लगाएका छन् । एफआईआरमा रियाका परिवारसहित अन्य ६ जनाको समेत नाम उल्लेख गरिएको छ ।

एफआईआरमाथि अनुसन्धान गर्न पटनाबाट चार सदस्यीय टोली मुम्बई पठाइएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । टोलीले मुम्बई पुगेर मुद्दाका दस्तावेज संकलन गर्नेछ ।

जानकारी अनुसार देहत्यागपूर्व रिया सुशान्तका साथ रहेकी थिइन् । उनी ८ जुनमा सुशान्तको घरबाट सामान, ल्यापटप, क्रेडिट कार्ड र उनका पिन नम्बर र औषधिका सारा सामान लिएर गएकी थिइन् ।रियाले सुशान्तलाई फसाउँन खोजेर यहाँबाट धेरै सामान लिएर गएकी थिईन भन्दै आफुलाई छोराले फोन गरेको सुशान्तका बुवा केके सिंहले बताएका छन् ।

उनले रियाका कारण आफ्ना छोराले देहत्याग गरेको आरोप लगाएका छन् । रियाले सुशान्तलाई गलत्त नियतका साथ विभिन्न धम्की दिने गरेको बताइएको छ । रियाले सुशान्तको बैक खाताबाट कम्तीमा १५ करोड (भारु) आफ्नो खातामा पठाएको आरोप लगाइएको छ ।

उनले मेडिकल रिर्पोट कब्जामा लिएर तलमाथि गरे सुशान्त पागल भएको भन्दै दुनियाँलाई बताउने बताएकी थिइन् भनिएको छ । यो बीचमा रिया अहिले आफ्ना वकीलसहित सर्वोच्व अदालतको शरणमा पुगेका समाचार पनि आइरहेका छन् । प्रेमिका रिया चक्रवर्तीले सर्वोच्च अदालत समक्ष उनीविरुद्ध पटनामा दर्ता गरिएको मुद्दा मुम्बईमा ट्रान्सफर गर्न आग्रह गरेकी छिन् ।

घटनाको सीबीआई जाँच हुनुपर्ने माग सुशान्तका परिवार र उनका शुभचिन्तकको रहँदै आएको छ । सुशान्तले गत जुन १४ मा देहत्याग गरेका थिए ।सीबीआई जाँच प्रकरणबारे भारत महाराष्ट्र राज्य सरकारका गृहमन्त्री अनिल देशमुखले यो घटना सीबीआईले नभई मुम्बई प्रहरीले हेर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...