News Portal

नेपाल राष्ट्र बैंकको ढुकुटीमा रहेकोमध्ये दुई करोड चालिस लाखमा स्वाहा हुनेगरी ढुसी

एनपर्दा संवाददाता
१३६ पटक

काठमाडौं, । अन्ततः नेपाल राष्ट्र बैंकको ढुकुटीमा रहेकोमध्ये दुई लाख डलरमा स्वाहा हुनेगरी ढुसी लागेको छ । पचास दरको चार हजार थान अमेरिकी डलर एउटै डल्लो भएर ढुसी र छिँडीको ओसले नछुट्टिने गरी टाँसिएको हो ।

यसबाट प्रचलित विनिमयदर अनुसार दुई करोड चालिस लाख रुपैयाँ सरकारको कोषमा चुना लागेको छ । त्यसैगरी, बैंकको बालुवाटारस्थित छिँडीको ढुकुटीमा रहेका अन्य दरका डलर तथा विदेशी मुद्रा पनि ओसले बिगारेपछि त्यसको समेत पूरा भुक्तानी नआउने भएको छ । त्यसरी आंशिक क्षति भएका डलरलगायतका विदेशी मुद्रा झण्डै पचास लाख रुपैयाँ बराबर रहेको स्रोतको दाबी छ ।

गत कात्तिकदेखि नियमानुसार सिङ्गापुरस्थित सीआईएम बैंकमा बैंकिङ्ग कार्यालयले विदेशी मुद्रा नपठाई थन्काएपछि ढुसी परेको हो । कार्यकारी निर्देशक नरेश शाक्य र निर्देशक निभा श्रेष्ठको लहडबाजीमा फागुन मसान्तमा रहेको झण्डै ४५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सीआईएम बैंकमा जम्मा नगरेपछि अहिले ढुसी लागेको बताइन्छ ।

यसबीच बैंकको विभिन्न शाखा कार्यालयबाट प्राप्त रकमपछि मौज्दात बढेर झण्डै ६० अर्ब रुपैयाँको हाराहारीमा पुगेको थियो । ढुसीले नष्ट भएको मात्र होइन बेलैमा उक्त रकम सिङ्गापुरमा जम्मा गरेको भए उक्त रकममा आउने १० करोड रुपैयाँभन्दा बढीको ब्याजसमेत शाक्य र श्रेष्ठको कारण बैंकले अनाहकमा गुमाएको छ । जबकि नेपाल राष्ट्र बैंकको सम्पूर्ण आम्दानी कानुनतः नेपाल सरकारकै आम्दानी हो ।

यसअघि पटक पटक जनआस्था अनलाइनले व्यर्थ थुपारिएको अर्बौं रुपैयाँ बराबरको डलरको करोडौं ब्याज आम्दानी गुमेको र वर्षामा ढुसी पर्नसक्नेतर्फ सचेत गराउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो । तर, बैंक नेतृत्वले सकारात्मक सुझावलाई पनि एउटा कानले सुनेर अर्को कानले उडाइदिएको परिणाम यतिखेर सरकारको आम्दानीमा थप तीन करोड रुपैयाँ स्वाहा भएको छ । नयाँ कार्यविधि नबनेको र सिल्क एअरको रातीको उडानको कारण सिङ्गापुरको सीआईएम बैंकमा जम्मा गर्न डलर नपठाइएको शाक्य र श्रेष्ठको अडान पनि यतिखेर बनावटी प्रमाणित भएको जन आस्था साप्ताहिकले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...