News Portal

लिम्पियाधुरा, कालापानी-लिपुलेक हाम्रो हो, गो ब्याक इन्डिया भन्दै भारतविरुद्ध अमेरिकामा नारा

एनपर्दा संवाददाता
३६३ पटक

काठमाडौँ । भारतीले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेपछि देशभर विरोध भइरहेको छ । सबै पेशाकर्मी र आम नागरिक भारतीय अतिक्रमणको विरोध गरिरहेका छन् । जारी लकडाउनलाई बेवास्त गर्दा नेपालमा विरोध भइरहेको बेला अमेरिकामा पनि विरोध प्रदर्शन भएको छ । अमेरिकामा बस्दै आएका नेपालीहरुले भारतीय अतिक्रमणको विरुद्ध सडकमा उत्रिएका छन् ।

नेपालको राष्ट्रिय झण्डा बोकेर नेपालीहरुले सकडमा भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए । ‘लिपुलेक हाम्रो हो, लिम्पियाधुरा-कालापानी हाम्रै हो, गो ब्याक इन्डिया’ भन्दै नाराबाजी लगाएका थिए । विरोध र्यालीलाई सम्बोधन गर्दै अगुवाहरुले भारतले नेपालीभूमि अतिक्रमण गरेर सडक निर्माण गरेको भन्दै विरोध जनाएका थिए । आफूहरु अमेरिकामा बसेपनि आफ्नो देश र मातृभूमि प्यारो भएको भन्दै आवश्यक परे लिपुलेकमा रगत बगाउन तयार भएको बताएका थिए ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ६५ औँ वर्षगाँठ, यस्ता छन् सम्झौता
काटमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज ६५ औँ वर्ष भएको छ । यस अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी , चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकि छिन् । सन्देशमा भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकि छिन् ।

राष्ट्रपति भण्डारीले गत अक्टोबरमा चीनको राष्ट्रपति सीले गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेको स्मरण गरेकि छिन् ।

यस्तै सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गरेकि छिन् । चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना दिइन् । नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा धन्यवाद दिएकि छिन् ।

प्रतिकृया दिनुहोस्

बामदेवको मन्त्री हुने सपना तुहियो, सांसद पद नै महँगो पर्ने संकेत

काठमाडौं- नेकपाका वरिष्ठ नेता एवं पार्टी उपाध्यक्ष वामदेव गौतमको अब मन्त्री बन्ने सपना लगभग तुहिएको...

पार्टीमा कार्यकारी अधिकारको प्रयोग सुरु भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज...

दुई महिना अर्कैसग बिहेगरे अब प्रितम बेगर बाँच्न सक्दिन भन्दै दमककी युवती पत्रकारसँग टाप

दमक/झापाकी एक महिला २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छन् । झापा दमक–१ स्थित...

घरवाट पढ्न निस्केकी १७ वर्षकी छोरीको एकैछिनमा मृ’त्युको खबर, सेतो कारमा चढेको गाउँलेले देखेका थिए (भिडियो हेर्नुस्)

काठमाडौ । रुपन्देहीको सैनामैना नगरपालिकामा वडा नम्बर ११ मा एक १७ वर्षकी युवतीको रहस्यमय निधन...

खुल्यो सबै कुरा वामदेव र नारायणकाजी कसरी बन्दैछन् मन्त्री ?

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा...