News Portal

बेइमानी गर्न राजनीतिमा आएको हैन: गोकुल बाँस्कोटा

एनपर्दा संवाददाता
३८१ पटक

काठमाण्डौं । पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन् ।जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत आज सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताए । उनले भने, “पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै पार्टीका नेताहरूले दिए यस्तो जोडदार धक्का
काठमाडौं । वरिष्ठ रिपब्लिकन नेताहरूले नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव ढिला गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको सुझाव खारेज गरिदिएका छन्। ट्रम्पले निर्वाचनमा अनियमितता हुन सक्ने भन्दै ढिलाइ गर्नुपर्ने बताएपछि उनीहरूको प्रतिक्रिया आएको हो।

सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले राष्ट्रपति ट्रम्पको सुझावलाई खारेज गरे। चुनाव स्थगित गर्न सक्ने अधिकार राष्ट्रपति ट्रम्पमा छैन। चुनाव सार्ने भए कङ्ग्रेसले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ।

प्रमाण : यसअघि राष्ट्रपति ट्रम्पले हुलाकमार्फत्‌ गरिने बढ्दो मतदानले धाँधली निम्त्याउने सक्ने र गलत नतिजा आउन सक्ने बताएका थिए। मानिसहरूले “ठीक र सुरक्षित ढङ्गले” मतदान गर्न सक्ने कुराको सुनिश्चतता नभएसम्मका लागि चुनाव सार्ने विचार ट्रम्पले व्यक्त गरेका थिए।

ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले भने, “म त्रुटिपूर्ण चुनाव भएको हेर्न चाहँदिनँ। यदि यो चुनाव भयो भने इतिहासकै सबैभन्दा धाँधलीपूर्ण हुनेछ।” राष्ट्रपति ट्रम्पका दाबीहरूलाई बल पुर्‍याउने एकदमै न्यून प्रमाण छ। तर लामो समयदेखि उनी हुलाकमार्फत् गरिने मतदानविरुद्ध उभिँदै आएका छन्। कोरोनाभाइरस महामारीबीच अमेरिकी राज्यहरू जनस्वास्थ्यलाई ध्यानमा राख्दै हुलाकमार्फत् गरिने मतदानलाई अझ सहज बनाउन चाहन्छन्। सिनेटर मककोनेलले इतिहासमा हालसम्म राष्ट्रपतीय चुनावमा ढिलाइ नगरिएको बताए।

इतिहास : नेताद्वय मककोनेल र मकार्थी दुवैले अमेरिकी इतिहासमा निर्धारित समयभन्दा चुनावलाई कहिल्यै नसारिएको बताए। ट्रम्पका साझेदार रहेका अर्का सिनेटर लिन्ड्से ग्राहमले चुनावमा ढिलाइ गर्ने विचार राम्रो नभएको टिप्पणी गरे। यसैबीच, पूर्वराष्ट्रपति बराक ओबामाले अमेरिकी लोकतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन्। ट्रम्पले चुनावमा ढिलाइ गर्न सुझाव दिएको केही घण्टापछि ओबामाको अभिव्यक्ति सार्वजनिक भएको हो।

पूर्वसांसद तथा नागरिक अभियानकर्मी जोन लेविसको अन्तिम संस्कारका बेला बोल्दै ओबामाले मतदानको अधिकारमाथि आक्रमण गरी अमेरिकी अल्पसङ्ख्यकहरूलाई निशाना बनाइएको बताए। मतदान केन्द्रहरू बन्द गर्ने प्रयासहरूको निन्दा गर्दै ओबामाले दिवंगत जोन लेविसले जुन कुराको विरोधमा लडाइँ गरे त्यही कुरा गर्न खोजिएको टिप्पणी गरे। बीबीसी

प्रतिकृया दिनुहोस्

अब नयाँ प्रधानमन्त्रीमा डा.बाबुराम ?

काठमाडौं । काठमाडौं कान्तीपथस्थित चार बुर्जा दरबार अर्थात बहादुर भवनमा उपराष्ट्रपति नन्द बहादुर पुन बस्छन्...

नेपाल मै यस्ताे फेसबुकमा राम्रो फोटो राखेर केटाहरु फसाउने…{हेराै एकपटक}

बर्दियाकी ३३ वर्षीया आशिककुमारी चौधरीले अर्कैको राम्रो फोटो राखेर नक्कली फेसबुक आईडी बनाइन् । राम्री...

ओली नै नेकपाको प्रमुख पदाधिकारी भएको स्विकार (आयोगको निर्णयसहित)

काठमाडौं, निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रमुख पदाधिकारी केपी शर्मा ओली नै...

रवी लामिछानेले न्युज२४ छोडेपछि भने, “प्रधानमन्त्री बनेर जनताको सेवा गर्ने मन छ”

काठमाडौं:चर्चित पत्रकार तथा न्युज २४ टेलिभिजनबाट प्रसारित ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका संचालक रवि लामिछानेले न्युज २४...

अख्तियार प्रमुख परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली !

काठमाडौं – शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।...