News Portal

राति १२ बजेबाट लागु हुने गरि ओली सरकारले गर्यो जनता रुवाउने यस्तो निर्णय, हेर्नुहोस बिस्तृत

एनपर्दा संवाददाता
१०४७ पटक

काठमाडौं । देश कोरोना महामारीले अस्तव्यस्त बनेका बेला ओली सरकारले फेरी अर्को जनता रुवाउने निर्णय गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो । यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर रु ९० पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।

निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ । नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ । निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भएपनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत स्मरण गरेको छ ।

यस्तै कोभिड-१९ को संक्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ। कोभिड-१८ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ। पछिल्लो समय कोभिड-१९ का बिरामी बढ्दै गएको र परिस्थिति काबुबाहिर गए लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले खुलासा गरे । ‘हालसम्म लकडाउनको तयारी छैन तर परिस्थिति भड्कियो भने जुनसुकै बेला हुनसक्छ,’स्वास्थ्य मन्त्री ढकालले भने,’पहिला हामीले खुकुलो गर्दा पनि पछि प्रतिकूल अवस्था भयो भने यो भन्दा कडा लकडाउनको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ भनेर भनेकै छौं।’

वीरगञ्ज लगायतका ठाउँहरूको घटनाले संवेदनशील बनाइरहेको समेत उनले बताए। ‘आवतजावत र क्वारेन्टिनको मामिलामा एउटा अनुशासन नअपनाउने हो भने अलि गाह्रो होला कि जस्तो भइरहेको छ,’उनले भने,’परिस्थिति यसरी नै बढ्दै गयो भने नियन्त्रणका लागि लकडाउन पनि एउटा उपाय हो तर त्यो मात्रै त भएन। अरु उपाय पनि अवलम्बन गर्छौं। सँगै यसलाई पनि अलि व्यवस्थित गर्नुपर्छ। अहिलसम्म ठीकै छ।’

उनले वीरगंजमा अलि परिस्थिति भड्केला कि जस्तो भएको र पोजेटिभहरूको संख्या पनि धेरै भएकाले अस्पतालको खोजी भइरहेको समेत बताए। उनले चिकित्सकहरूको एउटा टोली पठाएको र त्यहाँको परिस्थितिबारे छलफल भइरहेको जनाए । शुक्रबारमात्रै १० हजार ७ सय ८६ को पिसिआर परीक्षण गरिएको भन्दै मन्त्री ढकालले सरकारले अन्य तयारी पनि गरिरहेको दाबी गरे।

उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्टले परिस्थिति अनुसार ठाउँ विशेषमा सिल गर्न सकिने बताए। ‘उपत्यकामा विशेषगरी कोभिड-१९ का बिरामी बढ्नेजस्तो संकेत देखिएको छ। त्यसलाई कसरी नियन्त्रण गर्ने समुदायमा फैलिन नदिन के गर्ने भन्ने सिसिएमसीमा पनि छलफल भएको थियो। पर्सिको मन्त्रिपरिषदमा पनि छलफल होला,’उनले भने,’पिसिआरको मात्रा पनि बढाइएको छ। संक्रमणका आधारमा कुनै एरिया सिलबन्दी गर्न सकिन्छ।’

सिसिएमसीले अहिले नै लकडाउन गर्ने बेला नभएको भन्दै मानिसको आवतजावतमा भने कडाइ गर्ने निष्कर्ष निकालेको छ। ‘बाहिरबाट मान्छेहरू ल्याउन खोज्ने र आउने पनि आउन खोज्ने प्रवृत्ति बढी देखिएको छ,’सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले सेतोपाटीसँग भने,’यातायातमा अलि कडाइ हुन्छ होला। निजी गाडीमा मान्छे ओसार्ने काम भइरहेको छ। यसलाई समेत अब कडाइ गर्नुपर्छ।’

नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको मन्त्रालयले जानकारी दिएको छ । रौतहट र कैलालीमा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । २४ घन्टामा ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा १३ हजार २०१ रहेका छन् ।

प्रतिकृया दिनुहोस्

अयोध्याबारे भारतले कल्पना नगरेको कदम ओलीले उठाएपछि नयाँ दिल्लीमा खैलाबैला, अब के गर्छन मोदीले ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्को झट्का दिएका छन् ।...

भारतीय बिदेशमन्त्री जयशंकरको लज्जास्पद अभिव्यक्ति बुद्ध महान भारतीय हुनु भिडियोसहित

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार...

भब्य मन्दिर बनाउनुस् भनेर प्रधानमन्त्रीले निर्देशन, रामको जन्मभूमि माडी नै हो भारतमा फेरी खैला बैला !

काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको...

यसरी स’म्पर्कमा आउँछन् श्री’मान बि’देशमा भएकाका श्रीमती र ए’कल म’हिला हेर्नुहोस्

लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि फरक...

दुबैइ बाट आयो फेरि युवतीको यस्तो भिडियो (भिडियो हेर्नुहोस)

हामी घरमा अथवा कोठामा ए’क्लै भयौं भने के ग’र्छौं रु टिभी हेर्छौं, पा’र्टी गर्छौं अथवा...