News Portal

चित्र बहादुरका कुरा : राजनीति नेताको व्यापार भयो, थोत्रा चप्पल लाउनेहरुले महल ठड्याए !

एनपर्दा संवाददाता
३६१ पटक

काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गरेका छन्। राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्‍न सकेन, नेता मात्र उँभो लागेु, उनले भने, हिजो थोत्रा चप्पल लगाउनेहरूले ठूला-ठूला महल बनाए।

संवाद क्लब नेपालले शनिबार गरेको अन्तर संवाद कार्यक्रममा उनले राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागबण्डामा सीमित भएको गुनासो गरे।

जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गरे। केसीले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको संज्ञा दिएका छन्।

उनले नेकपामा भावनात्मक रूपमा एकता नै नभएका कारण समस्या आएको बताएका छन्। त्यस अवसरमा राजनीतिक विश्लेषक विष्णुप्रसाद शर्माले राजनीतिक दलका नेताले देश र जनताको पक्षमा काम गर्न नसकेको बताए। उनले देशमा भ्रष्टाचार बढेकामा चिन्ता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

अब एक्शन शुरु, यी २२० जनाको सम्पत्ति छानबिन, नेतादेखि व्यवसायीसम्म

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिन गरिरहेको...

सरकारको विरोधमा लेख्ने पत्रकारहरु नर्क जान्छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले समाचार लेख्दा ‘तिमी’ लेखेको भन्दै आक्रोश व्यक्त गरेका...

इच्छाधारी नागिनको दर्शन गरी ॐ लेखेर सेयर गर्नुस तपाइले सोचेको काम बन्नेछ,अवश्य पूरा पढ्नुहोला

सामान्यतया सर्प देखेपछि मानिसहरु डराउँछन् । तर, हालै भारतमा एक अनौठो खालको सर्प देखिएपछि हेर्ने...

प्रचण्डले यसरी गरे विना मगरको प्रशंशा (भिडियोसहित)

काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुहारी विना मगरको प्रशंशा गरेका छन्...

बामदेव गौतम उपप्रधानमन्त्री सहित गृहमन्त्री, यी आधा दर्जनमन्त्रीको पद चैट…

काठमाडौं – दुई बर्षे मापदण्ड अनुसार मन्त्रिपरिषद् पुर्नगठनको तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व...