News Portal

अब नेपालमा मासिक ८ हजार तिर्नुस् कार लिनुस्

एनपर्दा संवाददाता
८६४ पटक

नेपालका लागि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रालिले गाडी किन्ने ग्राहकका लागि नयाँ सुविधा सहितको अफर ल्याएको छ । ‘चुनौतीलाई सामना गर्दै बढ्नु छ अगाडि, हिम्मत छ, हौसला छ, हट्ने छैन कदम पछाडि’ भन्ने नारा दिइएको उक्त अफरमा मासिक किस्ता ८ हजार ४२७ रुपैयाँ तिरेर हुण्डाई सन्ट्रो गाडी किन्न सकिन्छ ।

कम्पनीका अनुसार पहिलो वर्षको अटो किस्ताको मासिक ८ हजार ४२७ रुपैयाँ मात्र तिर्नुपर्ने जनाएको छ । जसमा गाडी किन्दा ५० प्रतिशत ऋण र ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ । पहिलो वर्षमा कम्पनीले आफै आधा किस्ता तिरदिन्छ भने ग्राहकले मासिक ८ हजार ४२७ रुपैयाँ तिरे पुग्छ । त्यसैगरी दोस्रो वर्षमा भने मासिक १७ हजार ५०० रुपैयाँ बुझाउनु पर्ने हुन्छ । सन्ट्रो इराको बजार मूल्य २३ लाख ९६ हजार रुपैयाँ छ ।

यसैगरी, ३० लाख ५६ हजार पर्ने ग्रान्ड आइटेन गाडी मासिक १० हजार ८८३ तिरेर गाडी चढ्न सकिन्छ । जसमा ५० प्रतिशत डाउनपेमेन्ट तिर्नुपर्ने हुन्छ । यस्तै, क्रेटाको मासिक १७ हजार २१४ रुपैयाँ किस्ता तिरेर पहिलो वर्ष चढ्न सकिने अफर पनि ल्याएको छ । यी गाडीमा ८ वर्षसम्मका लागि फाइनान्सको सुविधा उपलब्ध छ । साथै, २०७७र७८ सालको सडक कर पनि कम्पनीले नै तिरिदिन्छ । यसका साथै, स्वास्थ्यकर्मीहरूका लागि पनि विशेष छुट ल्याएको कम्पनीले जनाएको छ ।

सुजुकी नेपालको लागि आधिकारिक बिक्रेता सिजी आई मोटाकर्पले पनि मासिक १७ हजार ९४६ रुपैयाँ ईएमआई तिरेर गाडी चढ्न सक्ने सुविधा ल्याएको छ । साथै, नयाँ अफरमा ६ लाख २४ हजार ७५० रुपैयाँ डाउन पेमेन्टको सुविधा छ । जसमा ग्राहकले १७ हजार ९ सय ४६ रुपैयाँ तिरे पुग्छ ।

Share this:

प्रतिकृया दिनुहोस्

म सँग त के सम्पत्ती छर, श्रीमतीको पेन्सनले गैंडा पाल्छुः प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली अपराह्न ३ः३० बजे हुने कार्यक्रममा ४ः१९ मा पुगे आफ्नी पत्नी...

अष्ट्रेलिया पढ्न ग’एकी सुन्दरी नेपाली यु’वतीको य’स्तो च’र्तीक’ला गरेको बा’हिरियो (भिडियो)

आजभोली आफ्नै परिवारमा पनि महिलाहरु सु’र’क्षि’त रहेका छैनन ।बाबुले आफ्नै छोरि ब’ला’त्का’र गरेको भन्ने घ’ट’नाहरु...

विप्लव लाई यी मन्त्रालय दिएर सरकारमा ल्याइँदै, चुनावसम्मै गठबन्धन !

काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका कार्यकर्तालाई...

ओली समुहमा रुवाबासी, भएका साँसद पनि प्रचण्ड माधव तिरर फर्कदै…

पार्टी विभाजनका क्रममा केपी ओली समूहमा लागेका नेकपाबाट निर्वाचित मुगुका सांसद गोपाल बमले आफू प्रचण्ड–नेपाल...

प्रचण्ड–नेपाललाई फेरी अर्को झट्का, ओली समुहमा यी ८ सांसद फर्किंदै (नामावली सहित)

काठमाडौं । सत्तारुढ दल विभाजन भएपछि दुवै पक्षले आफ्नो समूहमा बहुमत सांसद रहेको बताउदै आएका...