News Portal

सुवासचन्द्र नेम्वाङ खुलासा दुबै पदमा प्रचण्डको केपी ओलीलाई सर्मथन के गर्लान माधव नेपाल

एनपर्दा संवाददाता
२६३ पटक

काठमाडौं, । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भोलि ठोस सहमति हुने भएको छ । पछिल्लो समय पार्टीभित्र बढ्दै गएको अन्तरविरोधलाई हल गर्नेगरि अध्यक्षद्धय ओली र दाहालबीच आज बालुवाटारमा करिब तीन घण्टा लामो छलफल भएको थियो । उक्त छलफलमा बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङपनि सहभागी थिए ।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अध्यक्षद्धयबीच उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्तावकै जगमा बसेर सहमति हुने भएको छ । दुई अध्यक्षबीच भोलि बालुवाटारमा एक्लाएक्लै भेटवार्ता तय भएको छ । ओलीले चुनावी सरकारको नेतृत्व दाहाललाई दिने र चैत्रमा महाधिवेशन गर्नेगरि दाहालसँग सहमति गरेका छन् । र, महाधिवेशन सम्पन्न नभएसम्म दुवै अध्यक्ष कायम रहने र दाहाललाई पार्टी सञ्चालनको एकल जिम्मेवारी दिईनेबारे ओली सकारात्मक भएका छन् । र, प्रधानमन्त्रीमा ओलीको विकल्प नखोजिने र उनलाई संसदको यो कार्यकालभरि नै निरन्तरता दिन दाहाल पनि सहमत भएका छन् । मोटामोटी यही जगमा टेकेर भोलि ओली र दाहालबीच सहमति हुने बुझिएको छ ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङले पनि दुई अध्यक्षबीच भोलि ठोस सहमति हुने दाबी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पछिल्लो विवाद हल गर्नेगरि दुई अध्यक्षबीच वार्ता भैरहेको र भोलि नै निकास निस्किने ठोकुवा गरेका छन् । नेम्वाङको उक्त दाबीले पनि के पुष्टि गर्छ भने दुई अध्यक्षबीच करिब करिब आजै सहमति भैसकेको छ ।

उता, दाहालले प्रधानमन्त्री ओलीसँग आज भएको भेटवार्ता र छलफल सकारात्मक नभएको आफूनिकट नेताहरुलाई जानकारी गराएका छन् । दाहालले आज साँझ आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेर ओलीसँग भएको भेटवार्तामा दुवैजनाले आ आफ्नो अडान राखेको र सहमतिको गाँठो नफुकेको सुनाएका थिए । उनले आफूले भोलिपनि ओलीसँग भेटवार्ता गर्नेपनि नेताहरुलाई जनाएका थिए ।

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...