News Portal

सरकार फेरी एक्शनमा जादै लकडाउन गर्ने तयारी

एनपर्दा संवाददाता
२४२ पटक

काठमाडौं, । सरकारले फेरि लकडाउनको तयारी गरेको छ । यसका लागि विज्ञहरुसँग परामर्श थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको अवस्था र अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग परामर्श गर्दैछन् । यसलाई सरकारको फेरि लकडाउनको तयारीका रुपमा लिइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक परे फेरि लकडाउन घोषणा हुनसक्ने बताइसकेका छन् । उनले कोरोना जोखिम बढ्दै गएको भन्दै शतर्क रहन भनेका छन् । ७ साउनबाट लकडाउन अन्तको घोषणा भएपनि त्यसको दुई हप्ता नबित्दै सरकार फेरि लकडाउनको तयारीमा लागेको छ ।

सरकारले छिट्टै सवारीमा जोर बिजोर प्रणाली लागू गर्दैछ । यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिने भएको छ । समुदायमा समेत कोरोना फैलिएपछि सरकार गम्भीर भएको हो । पछिल्लो समय कोरोना भाइरस लक्षणसहितको र खतरनाक देखिएको छ । मुख्य शहरहरुमा आइशोलेशन र भ्यान्टिलेटरको अभाव देखिन थालेको छ । अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले तत्काल स्थिति अनियन्त्रित हुन नदिन कम्तिमा दुई हप्ता लकडाउन गर्ने सुझाव अगाडि बढाएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमित संख्या २० हजार बढेको र मृतक संख्या ५७ पुगेको छ । तर, पछिल्लो समय समुदायमै संक्रमण निकै फैलिइरहेको छ । अवस्थालाई दृष्टिगत गरी वीरगञ्जमा निषेधाज्ञा नै जारी गरिएको छ । विराटनगरमा लकडाउन छ । कतिपय शहरहरुमा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...