News Portal

भारतमा रुवाबासी भारतसँगको विवादित क्षेत्र समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

एनपर्दा संवाददाता
११३२ पटक

बीबीसी । प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका छन्। उक्त नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको छ।

कश्मीर विवाद
पाकिस्तानका अधिकारीहरूले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका प्रस्ताव अनुरूप जनमत सङ्ग्रह हुनुपर्ने बताउँदै आएका छन्। पाकिस्तानको नयाँ नक्सा दिल्लीले कश्मीरलाई दिइरहेको विशेष राजनीतिक र संवैधानिक हैसियत खारेज गरिदिएको पहिलो वार्षिकीको ठीक एक दिन अगाडि जारी गरिएको छ। भारत र पाकिस्तान दुवैले उक्त क्षेत्र पूरै आफ्नो दाबी गर्छन्।

पाकिस्तानको नयाँ नक्सामा भारतको गुजरात राज्यमा रहेका जुनागढ तथा सर क्रिक जस्ता भूभाग पनि समेटिएका छन्। गत वर्ष भारतले पनि उसको नयाँ नक्सा सार्वजनिक गरेको थियो जसमा पाकिस्तान प्रशासित कश्मीर तथा गिल्गीट-बल्टिस्तान क्षेत्र समेटिएको थियो।

के भने खानले?
नयाँ राजनीतिक नक्सा जारी गरेपछि टिप्पणी गर्दै प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सरकारको उक्त निर्णयको सबै विपक्षी दल तथा कश्मीरी (पाकिस्तान प्रशासित कश्मीर) नेतृत्वले स्वागत गरेको बताएका छन्। इमरान खानले भने, “पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताको उमङ्गको प्रतिनिधित्व गर्छ।” भारतले गत वर्ष कश्मीरबारे उठाएको ‘गैरकानुनी’ कदमलाई सो नक्साले नकार्ने उनले बताए। यसबीच भारतको विदेशमन्त्रालयले नयाँ पाकिस्तानी नक्साबारे प्रतिक्रिया व्यक्त गरेको छ। उसले त्यसलाई ‘हास्यास्पद राजनीतिक अभ्यास’ भन्दै गुजरात तथा जम्मू, कश्मीर र लद्दाखका भूभागमाथि अमान्य दाबी गरिएको र ती दाबीको न त कानुनी वैधता न त अन्तर्राष्ट्रिय विश्वसनीयता रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...