News Portal

नेकपा बिघटनको खेल : खनाललाई राष्ट्रपति, प्रचण्डलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्षको बाडफाट

एनपर्दा संवाददाता
९२३ पटक

काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टीको विवाद चुलिंदै जाँदा पार्टी फुट्ने संकेतहरु बढ्दै गएको छ । हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी फ्ट्न सक्ने भन्दै मानसिकता बनाएर तयार रहन निकटस्थलाई भने । यसले नेकपाभित्र नयाँ तरंग ल्याएको छ ।

प्रचण्डको अभिव्यक्ति लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले विभिन्न पदको आकांक्षा र बाँडफाँटको योजनासहित नेकपा बिघटन गर्न खोजिएको आरोप लगाएका छन् । उनले हिजो प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले आयोजना गरेको भेटेघाटलाई ‘ग्याङ अफ फोर’ को पत्रकार भेटघाट भने । यसपछिको परिदृश्य विश्लेषण गर्दै फेसबुकमार्फत् देशीविदेशी षड्यन्त्र र चलखेल भएको भनेका छन् ।

सुर्य थापाले झलनाथ खनाल राष्ट्रपति, पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री, माधवकुमार नेपाल पार्टी अध्यक्ष र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्ने आकांक्षासहित षड्यन्त्र भइरहेको आरोप लगाए । उनले पार्टी विभाजनको खुलमखुल्ला हाँक दिइएको टिप्पणी समेत गरेका छन् ।

१० वर्ष अघि साउनको यही बेला धोबीघाट गठबन्धन परिणती अनुसार बाबुराम भट्टराई संसदीय दलको नेता, रामबहादुर थापा बादल जनसेना इन्चार्ज, मोहन वैद्य किरण संगठन विभाग प्रमुख, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बन्ने गरी मोर्चाबन्दी गरिएको स्मरण पनि गराएका छन् ।

सुर्य थापाले भनेका छन्ः १० बर्षअघि साउन यही बेला, धाेवीघाट गठबन्धनकाे परिणति, आकांक्षा र बाँडफाँट
संसदीय दलकाे नेता – बाबुराम भट्टराई जनसेना ईन्चार्ज – रामबहादुर थापा”बादल” संगठन विभाग प्रमुख – माेहन वैद्य “किरण” उपप्रधानमन्त्री तथा गृहमन्त्री – नारायणकाजी श्रेष्ठ पार्टी अध्यक्ष तथा संसदीय दलकाे नेताबाट पुष्पकमल दाहाल “प्रचण्ड”लाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, बाबुराम, वैद्य, बादल, नारायणकाजी र बिप्लवकाे माेर्चाबन्दी । माअाेवादी धारकाे १ दर्जन समुहमा विभाजन र विघटन । अहिले १० बर्षपछि साउनकाे याे बेला

खुमलटार गठबन्धनकाे रिहर्सल, आकांक्षा र बाँडफाँट
राष्ट्रपति – झलनाथ खनाल प्रधानमन्त्री – पुष्पकमल दाहाल “प्रचण्ड” अध्यक्ष – माधवकुमार नेपाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री – नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा आेलीविरूद्द दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको माेर्चाबन्दी । याे पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताकाे लडाई रे ? पार्टी विभाजनकाे खुल्लमखुला हाँक, हाेहल्ला र रिहर्सल । नेकपा विभाजन र समाप्त पार्ने कसरत । देशीविदेशी षडयन्त्र र चलखेल । ग्याङ अफ फाेरकाे पत्रकार भेघाटपछिकाे परिदृश्य ???

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...