News Portal

म पदका लागि होइन, राष्ट्र र जनताको सेवा गर्न चाहान्छु: प्रचण्ड

एनपर्दा संवाददाता
१२७५ पटक

कम्रेड प्रचण्ड भन्नू हुन्छ ‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो,’तुलसीलाल अमात्यको स्मृतिमा शनिबार भएको कार्यक्रममा प्रचण्डले भने, ‘पद हाम्रो विषय होइन। राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं।’ पद दिएर कम्युनिष्टसँग एकता हुन नदिनेहरूसँग विगतमा आफू लड्दै आएको पनि प्रचण्डले बताए।

उनले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकोले बहस स्वभाविक हुने बताए। ‘बहस गर्दा पार्टी फुट्न लाग्यो, छियाछिया हुन्छ भन्ने होइन,’उनले थपे, ‘हामी जालझेल र ढाटछल गर्न सकिन्न। पार्टीभित्र तीखो बहस हुन्छ। बुर्जुवाहरूमा भने तीखो बहस हुन्न, लुटेर खाने कुरामा उनीहरू एक हुन्छन्।’ उनले पार्टी एकता रक्षा गर्दै देखा परेका विवादहरू ठिक ढंगले फस्यौट हुनुपर्ने बताए।

विवाद बढ्दै गएपछि पार्टीमा यो विवाद मिलाउने जिम्मेवारी पाएका छन्, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले। तर, यी दुई अध्यक्षबीच नै संवादको वातावरण पनि बन्न सकेको छैन।

यो वि’वादको समाधानका लागि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेछ। अहिले प्रचण्ड पक्षसँग एक भएर उभिएका नेपालका पछिल्ला अभिव्यक्तिलाई ख्याल गर्ने हो भने पनि अहिले नेकपाको शक्ति संघर्ष अझ अगाडि बढ्ने देख्न सकिन्छ।

शुक्रबार मात्रै अध्यक्ष ओलीका तर्फबाट नेकपा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष प्रचण्डसँग उनको निवास खुमलटारमा भेट गरेका छन्। खुमलटार स्रोतका अनुसार त्यो भेटमा पार्टी एकतालाई कसरी जोगाउने र अहिलेको विवाद कसरी मिलाउने भन्ने विषयमा छलफल केन्द्रित रह्यो। तर, यसबाट पनि यो विवादको जेलिएको पोयो फुक्ने सम्भावना देखिएको छैन।

यही क्रममा नेकपा उपाध्यक्ष वामदेव गौतमको पछिल्लो ‘मुभ’का कारण प्रचण्ड–नेपाल पक्ष थप संशकित, सतर्क र नयाँ रणनीति निर्माणमा जुटेको छ। किनकि वामदेव गौतमले १३ साउनमा ६ बुँदे प्रस्ताव ल्याउँदै आफू ओली पक्षमा लागेको संकेत गरेका छन्। ओलीले वामदेव गौतमले प्रस्ताव गरेका ६ बुँदालाई आफू अनुकूल हुने भएपछि वामदेव निवासमै पुगेर ‘डिनर मिट’ समेत गर्दै आफ्नो प्रभाव नेकपामा बढी रहेको सन्देश दिएका छन्।

स्थायी कमिटी बैठकको सुरुवातमा चाहिँ वामदेव गौतमले पनि ओलीले दुवै पक्षबाट राजीनामा दिनु पर्ने माग गरेका थिए। तर, अहिले उनी पनि ओली पक्षको लबिइङमा लागेको नेकपाका नेताहरुले बताउन थालेका छन्। नेकपा सचिवालयका अर्का नेता रामबहादुर थापा बादलको भूमिका पनि पछिल्लो समय नेकपाको यो विवाद समाधानका लागि महत्वपूर्ण हुने देखिएको छ।

यसअघिका विवादमा ओली पक्षमा उभिएका गृहमन्त्रीसमेत रहेका थापा यसपटक कुन पक्षलाई सहयोग गर्दै छन् भन्ने खुलेर आएका छैनन्। केहीअघि खुमलटार पुगेर बादलले प्रचण्डलाई सहयोग गर्ने ‘वचन’ दिएको बताइएको छ। तर, ओलीले एकल निर्णयले स्थगित गरेको र प्रचण्ड पक्षले अगाडि बढाएको स्थायी कमिटी बैठकमा बादल उपस्थित भएनन्।

यसले उनले यसपटक पनि ओलीलाई समर्थन गर्ने हुन् कि भन्ने आशंका जन्माएको छ। तर, उनले खुलेर यसबारे केही बोलेका छैनन्। तर, ओली र प्रचण्ड–नेपाल पक्षका नेताहरु बादललाई आफ्नो क्याम्पमा ल्याउन लागिरहेका छन्। शीर्ष तहमा मात्र होइन, दुई समूहको शक्ति संघर्षमा मध्यमार्गी नेताहरु तानातानमा परेको स्थायी कमिटीका एक नेताले फरकधारलाई बताए।

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...