News Portal

१० दिनका लागि बैंक तथा वित्तीय संस्था र सार्वजनिक यातायात पूर्णरुपमा बन्द गर्ने निर्णय

एनपर्दा संवाददाता
१८१७ पटक

कपिलवस्तु । जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको छ । जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले सरकारी कार्यालय, बैंक तथा वित्तीय कार्यालयबाट प्रदान गरिने सबै सेवा र सार्वजनिक यातायातका सेवा शुक्रबारबाट पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

साउन २३ गते बिहान ५ बजेदेखि ३२ गते राति १२ बजेसम्म १० दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । उक्त अवधिमा जिल्लामा जोर विजोर नम्बरका आधारमा सवारी साधान सञ्चालन गर्न दिने निर्णय भएको छ । प्रदेशमा सबैभन्दा बढी र मुलुकमा पाँचौ बढी संक्रमित कपिलवस्तुमा छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ४० पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ९१ छ ।

भदौ १ गतेदेखि उडान सुरु हुन्छ-हुँदैन ? देशव्यापी लकडाउन होला ? : यस्तो छ सञ्चारमन्त्रीको जवाफ
बीबीसी । दुई साता अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पुन:सञ्चालन गर्ने निर्णय गरेको भएतापनि त्यो निर्णय कार्यान्वयन हुने स्थिति देखानपरेको बिहीवार सरकारका प्रवक्ताले बताएका छन्। “जोखिम बढ्दैछ त्यसैले सार्वजनिक यातायात वा अत्यावश्यक बाहेकका अन्तर्राष्ट्रिय उडान तथा आन्तरिक उडान खोलिनहालौँ भन्ने आवाज आइरहेका छन्। हामी केही दिनभित्र कोरोनाभाइरस सङ्कट व्यवस्थापन समितिको बैठक बसेर यी विषयको समीक्षा गर्छौँ,” सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले भने।

‘उदार हुन नसकिने’
पछिल्ला दिनमा बढेको जोखिमका कारण सरकारका सामु उदार भएर सेवा सञ्चालन गराउने अवस्था देखानपरेको मन्त्री खतिवडाले बताएका छन्। उनले विगत केही सातायता विभिन्न देशमा अलपत्र परेका नेपालीहरूको उद्धार गरिएको उल्लेख गरे। सुरुमा केही हजारभन्दाभन्दै करिब ४५ हजारको त्यसरी उद्धार भइसकेको र अझै थप ४५ हजार आउन चाहनेको सूची विभिन्न दूतावासमा रहेको उनले बताए। “सरकारको सोच के हो भने जो अलपत्रै पर्नुभएको छ र जसको उद्धारै गर्नुपर्नेछ वहाँहरूलाई ल्याउँछौँ। तर जो केही समय त्यहाँ बस्दा सुरक्षित नै हुनुहुन्छ र अलपत्रको स्थितिमा हुनुहुन्न भने वहाँहरूलाई स्थिति अलि सहज भएपछि ल्याउनु पर्ने गरि हामी छलफलमा छौँ।”

देशव्यापी लकडाउन नहुने
चैत ११ गतेदेखि देशभरि लगाइएको लकडाउन भन्दा केही समय अगाडि देखि नै खासगरि नियमित अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका हुन्। देशव्यापी लकडाउन अहिले हटाइएको छ। जोखिम बढ्दै गएपछि कतै फेरि लागु हुने त होइन भन्ने प्रश्नको जबाफमा बिहीवार मन्त्री खतिवडाले अहिले सरकारले त्यस्तो नसोचेको बताए। आर्थिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण भएकाले सबैजनाले स्वास्थ्य मापदण्ड पालना गरिदिएमा असहज स्थिति नआउने उनले बताए।

साथै स्थानीय स्थिति हेरेर अहिलेपनि दुई दर्जनजति स्थानीय तहमा विभिन्न किसिमको लकडाउन लागु रहेको र आगामी दिनमा पनि परिस्थिति हेरेर स्थानीय निकायहरूले नै त्यस्ता कदम चाल्नसक्ने उनले बताए।

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...