News Portal

श्रावण २१ पछि ५ राशिहरुका लागि अढैया र साढेसातिको दशा लाग्दै

एनपर्दा संवाददाता
२११ पटक

१७२ दिन पछि शनि पुन:श्रावण २१ गते बुधबारदेखि वकृीहुदै धनुराशिमा आउन लागेका छन् । यसअघि २०७६ साल फागुन ४ गतेदेखि धनुराशिलाई छाेडेर आफ्नै घर मकरमा गाेचर गरिरहेका शनिग्रह धनुराशिमा आउनुलाई महत्त्वका साथ हेरिरहेको छ । कार्तिक ३० गते सम्म शनि देबगुरु बृहस्पतिकाे राशि धनुमा गाेचर गर्ने छन् ।

याे समयमा शनिकाे सम्बन्ध देबगुरु बृहस्पति र केतु संगपनि हुनेहुदा यसलाई विशेष रुपमा हेरिएको छ । २०७६ साल फागुन ४ देखि समाप्त भैसकेका बृष,कन्या र बृश्चिक राशिहुनेहरुका लागि पुन अढैया र साढेसातिकाे दशा कार्तिक ३० सम्म चल्ने छ ।याे अवधिभर यी राशिहुनेहरुले विशेष सावधानी अपनाउनु पर्ने देखिएकाे छ ।

श्रावण २१ पछि मिथुन, तुला तथा कुम्भ राशिहरुकाे अढैया र साढेसातिकाे दशा कार्तिक ३० सम्मका लागि समाप्ति हुदैछ । बाकी धनु र मकर राशिहरुका लागि भने साढेसाति यथावत् रहनेछ । बृष,कन्या राशिका मानिसहरुका लागि शनिकाे अढैया दशा सुरु हुने छ भने बृश्चिक,धनु र मकर राशिहुनेहरुका लागि साढेसातिकाे दशा रहिरहने छ । याे कार्तिक ३० सम्म शनि धनुराशिमा हुदा सम्म रहिरहने छ र शनिकाे राशि परिवर्तन हुदा राशिहरुमा हुने दशा हरुपनि परिवर्तन हुँदै जाने छ ।

हामी मानिस दुईवटा ठूला शक्तिको बिचमा छौं । पहिला ब्रह्माण्डिय शक्ति जसमा ग्रह राशि तथा नक्षत्रहरुको प्रभाव नित्यरुपमा परिरहेको हुन्छ अर्को जमिन बाट आउने भूचुम्बकिय तरङ्ग । यी दुईवटा शक्तिको बिचमा रहेर हामीले दैनिक संङ्घर्स गरिरहेका हुन्छौं । कसैलाई थोरै मेहनत गरे पनि राम्रो परिणाम प्राप्त भइरहेको हुन्छ भने कसैले कडा परिश्रम गर्दा खेरिपनि सोचेअनुसार भईरहेको हुँदैन । यदि कर्म मात्रै गरेर सफल हुने हो भने काम गरेका जति सबै जना सुखी तथा आनन्द तरिकाले जीवन विताउनु पर्थो।

मानिस सुखी या दुःखित यसको परिणाम उसले गर्ने कर्ममा निर्भर रहन्छ । आफूले कस्तो कर्म गरिएको छ त्यसको फल समय अनुसार भोग्दै जानु पर्दछ । कर्मफलदाता शनि शास्त्रमा शनिका बारेमा लेखिएका थुप्रै ग्रन्थहरु छन् जसमा शनिलाई न्याधीशका रुपमा व्याख्या गरिएको छ ।

शनिको रुप कालो छ न्याधीशको उपाधीका कारणले कहिले पनि शनिले मानिसलाई धोखा दिदैन त्यहिभएरपनि हरेक न्यालयमा कालो कोट र तराजु राखिएको हो न्यायको लागि । शनिले राम्रो तथा नराम्रो कामको परिणम तुरुन्तै दिने हुनाले मानिसले शनिको बारेमा धेरै चासो राख्ने गरेको हो । नवग्रहहरुमा हरेक ग्रहले के फल दिने भन्ने कुरा निर्धारित हुनाले शनिले न्याय सम्बन्धि जिम्मा पाएको हो । हरेक मानिसले कति दुःख कष्ट भोग्नु पर्छ भन्ने शनिको दशाबाट निर्धारण हुन्छ ।

नवग्रहमध्ये सबैभन्दा ढिला हिड्ने ग्रहका रुपमा शनिलाई लिने गरिएको छ । त्येही भएर शनि ग्रहकाे दस लामाे समयसम्म चलिरहन्छ । यदि अढैया तथा साढेसाति शनिको दशा चलेका राशिहरुमा पनि शनिग्रह जम्लग्न कुण्डलीमा स्नगृही, मित्रगृहि, उच्च राशि र ३,६,११ स्थानमा शनि भएका हरुलाई भने शनिले राम्रो फल दिने छ ।

यस्ता ब्यक्तिहरुका लागि शनिदेबले शुभ प्रधान गर्ने छन् । शनि खराब अवस्थामा रहेका हरुलाई शनिको दशामा झुट्टा आरोप लाग्ने आलश्य तथा मानसिक चिन्ता बढ्न,े कममा ढिलासुस्ती, चोटपटकको योग, सन्तिच धनको नाश गराउने जस्ता नकरात्मक फल साढेसाती तथा अढैया दशा भएको बेला प्रभाव पर्ने छ ।

अनिष्ट फलबाट बच्नका लागि देबिको पुजा स्त्रीहरुको सम्मान शनिको दान पिपलमा जल चढाउने शनिस्तोस्त्रको पाठगराउने या गर्ने जस्ता उपाए अपनाएमा केहि अशुभ फल कमहुने ज्यातिषीहरुले जानकारी गराएका छन् ।लेखक सुरेश चन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव समेत हुन् ।उनलाई ९८५१०६११२४ मा सम्पर्क गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...