News Portal

खुसीको खबर नेपालमा कोरोना भ्याक्सिनको मूल्य ३६० रुपैयाँ मात्रै, कसरी भयो यति सस्तो हेर्नुस

एनपर्दा संवाददाता
१०१२ पटक

काठमाडौं । नेपालले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाभाइरस विरुद्धको भ्याक्सिन मात्रै ३ डलर प्रतिडोज (३६० नेपाली रुपैयाँ) मा पाउने भएको छ । भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले भारत तथा निम्न र मध्यम आय भएका देशहरुको लागि यो मूल्य निर्धारण गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

सिरम इन्स्टिच्युट भ्याक्सिन उत्पादन परिमाणको हिसाबले विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक हो र यो अक्सफोर्ड विश्वविद्यालयको कोरोना भ्याक्सिन उत्पादनमा साझेदार छ ।

नेपाल हालैको विश्व बैंकको वर्गीकरणमा निम्न मध्यम आय भएको मुलुकको स्तरमा उक्लिएको छ । त्यसअघि नेपाल निम्न आय भएको मुलुकको रुपमा थियो । नेपाल निम्न मध्यम आय भएको मुलुक भएकोले सिरमले सस्तोमा भ्याक्सिन उपलब्ध गराउने देशको सूचीमा पर्छ ।

यद्यपि सिरमले आफूले घाटा व्यहोरेर निम्न र मध्यम आय भएका मुलुकलाई सस्तोमा भ्याक्सिन उपलब्ध गराउन लागेको भने होइन । गरिब देशहरुलाई सस्तोमा भ्याक्सिन उपलब्ध गराउन अमेरिकाका अर्बपति बिल गेट्सको संस्थाले सहयोग गरेको हो ।

बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनले ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन (गाभी) लाई १५ करोड डलर (झण्डै १८ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्दैछ । यो रकम सिरम इनिस्टच्युटलाई उपलब्ध गराइनेछ र यो रकमले सिरमको घाटा पूर्ति गर्नेछ ।

आफ्नो घाटा पूर्ति भएपछि सिरमले सस्तोमा भ्याक्सिन उपलब्ध गराउनेछ । यो सस्तो मूल्य कोभ्याक्स एलायन्स अन्तर्गतका ९२ देशहरुको लागि हो र गाभीको यी ९२ देशको सूचीमा नेपाल पनि समावेश छ । सिरम इन्स्टिच्युटले यसको लागि शुक्रबार गाभी र बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनसँग सम्झौता गरेको छ ।

सिरम इन्स्टिच्युटका सीइओ अदर पूनावालाले भनेका छन् ‘भाइरसको व्यापक प्रसारले पूरै विश्वलाई अनिश्चिततामा पारेको छ । पूरै विश्वमा खोप अभियान चलाउन र महामारी रोक्नको लागि विश्वका सबैभन्दा दूरदराज र गरिब देशहरुमा सस्तो उपचार र निवारक उपायमा पहुँच सम्भव होस् भन्ने सुनिश्चित गर्नु निकै महत्वपूर्ण छ ।

यो सहकार्यको माध्यमबाट हामीले यो भयानक संक्रमणबाट लाखौंको जीवन बचाउन आफ्ना निरन्तर प्रयासलाई पूरा गर्न चाहन्छौं । अक्सफोर्डको भ्याक्सिनले गत हप्ता भारतमा दोस्रो र तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न अनुमति पाइसकेको छ ।

यस्तै अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोनाको खोप बनेपनि त्यसले ५० प्रतिशत हाराहारीमा मात्रै काम गर्ने बताएका छन्। फाउची उनै हुन्, जसलाई ट्रम्प प्रशासनले ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्स सदस्यमा नियुक्त गरेको छ। तर, महामारी नियन्त्रणका लागि सजगता सुझाव दिँदा राष्ट्रपति डोनाल्ड ट्रम्प उल्टै फाउचीमाथि खनिने गरेका छन्। कोरोना रोक्न सल्लाह दिने विशेषज्ञमाथि नै खनिए ट्रम्प खोप बनेपनि सार्वजनिक स्वास्थ्य सजगता अपनाइरहनुपर्ने डा. फाउचीले बताएका छन्। महामारी नियन्त्रणका लागि खोपमा मात्रै भर पर्न नसकिने उनको दावी छ।

उनले भनेका छन्, ‘अहिलेसम्म खोप कति प्रभावकारी हुन्छ भन्नेबारे केही थाहा छैन ।’ कोरोना भाइरसबाट अमेरिका सबैभन्दा नराम्ररी प्रभावित भएको छ। त्यहाँ हालसम्म ४९ लाख ४० हजार ९३९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये १ लाख ६१ हजार ३२८ जनाको ज्यान गइसकेको छ।संचार केन्द्रबाट साभार

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...