
पछिल्ल समय उत्तर कोरियाका तानाशाह नेता किम जोङ उनको ब्यापक चर्चा छ । उनको अवस्था बारे बिश्व नै अनभिज्ञ छ । उनिसँगसगै अहिले उनकी श्रीमती अर्थात उत्तर कोरियाली प्रथम महिला री सोल जुबारेको बारे पनि निकै चर्चा छ ।
उनका बारेमा धेरै कुरा बाहिरिएका छैनन् तर उनी देशको मन पर्ने व्यक्तिको रुपमा मानिन्छिन । री सोल र किमले सन २००९ मा विवाह गरेका थिए । विवाह गरेको अर्को वर्ष उनीहरु बच्चाका आमा बुवा बनिसकेका थिए । तर सन २०१२ मा किमकी पत्नीको रुपमा मात्र उनी सार्वजनिक रुपमा देखा परिन् । उनको जन्मको मिति अहिलेसम्म कतै खुलाइएको छैन । उनी सन् १९८५ र १९८९ को बीचमा जन्मिएको अनुमान गरिदै आइएको छ ।
किमकी पत्नीको बारेमा धेरै कम जानकारी मात्र सार्वजनिक गरिएको छ । तर उनी उत्तर कोरियाकी अत्याधिक सम्मानित कुलीन परिवारबाट आएकी बताइएको छ । पेसामा उनकी बुवा प्रोफेसर र आमा चिकित्सक रहेको बताइने गरिएको छ ।
चीनमा गायनको अध्ययन गरेकी री सोल उत्तर कोरियाली चियरलिडर समूहकी पूर्व सदस्य हुन् । उनले चियरलिडरकैरुपमा सन २००५ मा एसियाली एथलेटिक्स च्याम्पियनशीपमा दक्षिण कोरियाको भ्रमण गरेकी थिइन् ।
दक्षिण कोरियाली केही जानकारीहरुका अनुसार री सोल तीन बच्चाहरुको आमा हुन् । तर उत्तर कोरियाको सरकारले यस बिषयमा केहि कुरा खुलाएको छैन् । उनी प्राय सार्वजनिक रुपमा देखा पर्दिनन् तर उनले उत्तर कोरियालका यस अघिका अन्य पहिलो महिलाहरुको तुलनामा बढी र प्रमुख भूमिका निर्वाह गरिरहेको देख्न सकिन्छ ।
री प्राय किमले मिसाइल परीक्षण प्रक्षेपणको उत्सव मनाउँदा देखिने गरेकी छिन् । उनी सार्वजनिक स्थलहरुमा जहिले पनि सफा कट पेस्ट लुगा लगाएर मुस्कुराउँदै हिडेको फोटाहरुमा देखिन्छ । उनी सन २०१८ मा उनको पति किमसंग दक्षिण कोरियाली राष्ट्रपति मून जाइ इन र उनकी पत्नी किम जग सुकसंग पोस्ट समिट भोजमा देखिएकी थिइिन् ।
री सोलले सन २०१८ मा चीनको बेइजिङको भ्रमण गरेपछि उनी चीनमा फेसन हिट भएकी छिन् । मिडियाहरुको रिपोर्ट अनुसार उनले दुई दिनको भ्रमणको दौरानमा तीन वटा विभिन्न पोशाकहरु लगाएकी थिइन । ती मध्ये एक क्रप गरिएको ज्याकेट र एक मिल्दो पोशाक थियो । उनले गुलाबी र सुनको तितली आकारको ब्रोच लगाएकी थिइन् ।
अर्को भ्रमणमा रीले पेस्टल ग्रीन पोशाकमा सेतो कोटमा देखिइन् । र, त्यसपछि क्रिम रंगको पेप्लम पोशाकमा परिर्वतन गरिन् । उनी पश्चिमी फेसनमा परिचित छिन् । उनी महंगो ब्याग बोक्ने चेनल र डायर जस्ता डिजाइनहरुमा देख्छिन् ।
उत्तर कोरियाली नागरिकहरुले अनिकाल, खडेरी र व्यापक गरीबीको रुपमा वर्षौदेखि संघर्ष गर्दै आएको कारण उनको फेशन र सौन्द्धर्य ओ*लोचित बन्दै आएको छ । तर पनि उनले विश्व मञ्चमा उत्तर कोरियाका लागि उत्कृष्ट भूमिका निर्वाह गरेको देख्न सकिन्छ ।