News Portal

आजदेखि सरकारी, गैर सरकारी, बैंक तथा बित्तीय संस्थाहरू सबै बन्द : पूर्ण कर्फ्यू जारी

एनपर्दा संवाददाता
२८१ पटक

काठमाडौ । बर्दिया जिल्ला कोरोना भाइरस (कोभिड–१९) संकट ब्यबस्थापन केन्द्र बर्दियाको यहि श्रावण २२ गते बसेको बैठकले आज श्रावण २५ गते बिहान ६ बजेदेखी श्रावण २९ गते मध्यरात सम्मको लागि बर्दिया जिल्लाभर निषेधाज्ञा कर्फ्यू जारी गरेको छ। साथै उक्त निषेधाज्ञा अबधिभर सरकारी, गैर सरकारी, बैंक तथा बित्तीय संस्थाहरू सबै बन्द रहने समेत जनाइएको छ।

यसैगरी बारामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालय बाराले बढी भिडभाड हुने स्थानमा अनिश्चितकालका लागि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचना जारी गर्दै छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएकोले निषेधाज्ञा जारी गरेको बताएका छन् । त्यस्तै बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकाले जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार निषेधाज्ञा (कर्फ्यू) जारी गरेको उनले बताए ।

प्रशासन कार्यालयले जारी गरेको सूचनामा पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुरलगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामीण क्षेत्रहरुमा निषेधाज्ञा (कर्फ्यू) लागू गरिएको उल्लेख छ । निषेधाज्ञा (कर्फ्यू) अवधिभर अत्यावश्यक कामबाहेक भेला हुन तथा घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । यस्तै, अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालय बन्द गर्ने निर्णय भएको प्रशासन कार्यालयले जनाएको छ ।

निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु ९विवाह, व्रतवन्ध, भोजभतेर० गर्न प्रतिवन्ध लगाइएको छ । यस्तै, छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । औषधि पसल २४ सै घण्टा खुला रहने र खाद्यान्न, ग्यास, इन्धन, दूध, डेरी तथा तरकारी मुख्य बजार क्षेत्रमा बिक्री वितरण नगरी साइकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा बिहान १० बजेदेखि मात्र बिक्री गर्न पाइने सूचनामा उल्लेख छ ।जनबोली डटकमबाट साभार गरिएको ।

उता प्रदेश नं. २ को सिरहा जिल्लाको लहान नगरपालिकामा कर्फ्यू जारी छ । स्थानीय प्रशासन र नगरपालिकाको कार्यालयको सहयोगले शुक्रबार देखि कर्फ्यू लगाएको हो । लगाइएको कर्फ्यू आगामी ९ दिनसम्म चल्ने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ ।

छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा सङ्क्रमण फैलिरहेकाले छ । नगरपालिका कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको जनाइएको छ । वडा ८ का सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको पनि स्वाब सङ्कलनको कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताएका छन् । यादवले कोरोनाको सँक्रमण समुदाय स्तरसम्म पुगेको भन्दै यसलाई रोक्नको लागि तत्कालै लहान नगरपालिकाभरि नै ९ दिनको लागि कर्फेयू लगाएको हो ।

यसअघि मिर्चैया नगरपालिकाले बिहीबारदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा लकडाउन गरेको छ । मिर्चैया–६ का दुई स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलिन नदिन नगर क्षेत्रमा नगरपालिकाले लकडाउन हो । सप्तरीमापनि सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्र रूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन्। जिल्ला सुरक्षा समितिको बैठकअनुसार २६ साउनसम्म निषेधाज्ञा जारी गरिएको हो।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित जिल्लाभरि आज बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको बताए। जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्णय गरेको जनाइएको छ। औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको प्रशासनले जनाएको छ।

समुदायस्तरमा कारोना भाइरसको संक्रमणपछि प्रदेश २ का विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को ६ जिल्ला सदरमुकाम भिडभाड हुने स्थानमा निषेधाज्ञा जारी गरिएको हो । सप्तरी सदरमुकाम राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुरधाम, महोत्तरी जलेश्वर, रौतहट गौर, बारा कलैया र पर्साको बिरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ । समुदाय स्तरमा संक्रमित बढेपछि थप संक्रमण रोक्न तयारी पूर्वभ्यास अनुरुप निषेधाज्ञा जारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

समुदाय स्तरमा संक्रमणको आशंकापछि जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि सात दिने निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उप–महानगरपालिका भित्र निषेधाज्ञा जारी गरेको जनाए ।

यसैगरी महोत्तरी जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल चारकिलाको क्षेत्रमा पाँच दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको जनाए । त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रशासनले निषेधाज्ञा अवधिमा ‘मास टेस्टिङ्ग’ तिव्रता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कटवालले जानकारी दिए । कोरोना संकट व्यवस्थापन केन्द्रले महोत्तरीको १५ वटै स्थानीय तहमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कट्वालले भने, ‘महोत्तरीको सबै पालिकामा नमूना मुलक पीसीआर परीक्षणको रिपोर्टपछि संक्रमण अवस्थाको मानचित्र अनुसार अगाडिको कदम चलाइनेछ ।’

‘ट्राभल हिस्ट्रि’ नभएका र संक्रमितको सम्पर्कमा नआएका केही व्यक्तिमा संक्रमित देखिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कटवालले भने, ‘अहिले देखिएका नयाँ संक्रमितहरुको ट्राभल हिस्ट्रि छैन, संक्रमितको सम्पर्कमा पनि आएको छैन, तर शंका लागेर चेक जाँच गर्दा कोरोना रिपोर्टमा पोजिटभ देखिएको हो ।’ समुदायमा कोरोना संक्रमण रोक्न प्रदेश २ को ८ जिल्लामा ५४ हजार मास्क नलगाउनेलाई कारवाही गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए । जनबोली डटकमबाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...