News Portal

जसलाई हाम्रो खोपमा विश्वास छैन, उहाँहरुले आफैँ बनाउनुहोला: रुस

एनपर्दा संवाददाता
१९८ पटक

मस्को, – : कोरोनाविरुद्धको खोपलाई शक्तिशाली राष्ट्रले कसरी प्रतिष्ठाको विषय बनाएका छन्, त्यो मंगलबार रुसले पहिलो खोप दर्ता गरेपछि देखियो।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले बनाएको खोप प्रभावकारी रहेको भन्दै अर्को महिनादेखि व्यापक उत्पादन सुरु गर्ने बताए´।

रुसी नियामक निकायले खोप प्रयोगको अनुमति दिइसकेको छ।सो खोपको नाम राखियो– स्पुतनिक भी। अर्थात् सन् १९५७ मा विश्वमै पहिलो पटक सोभियत संघले अन्तरीक्षमा पठाएको स्याटलाइट। जसले अन्तरीक्ष प्रतिस्पर्धालाई जन्म दिएको थियो।लगत्तै खोप बनाउने प्रतिस्पर्धा शीतयुद्धमा परिणत भएको विश्लेषण समेत गरिए। रुसी खोपको प्रभावकारिता र विश्वसनीयतामाथि प्रश्न उठाइयो। `थुप्रैले यो खोपले ज्यान समेत लिनसक्ने आशंका गरे।

किनभने रुसको खोपको तेस्रो चरणको परीक्षण भइसकेको छैन। विश्व स्वास्थ्य संगठनले पनि यसलाई मान्यता दिएको छैन। ´परीक्षणसम्बन्धी पर्याप्त तथ्यांक रुसले अन्य मुलुकलाई हस्तान्तरण गरेको छैन।तर, रुसले यस्ता आलोचनालाई खारेज गर्दै आफ्नो खोप सुरक्षित रहेको दाबी गरेको छ।

रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले खोप असुरक्षित भन्ने आरोप आधारहीन रहेको र प्रतिस्पर्धाका कारण त्यस्तो आरोप लगाइएको बताए।खोपमा लगानी गरेको रुसको सरकारी कोषका कार्यकारी प्रमुख किरिल दिमित्रेवले पनि अमेरिकाले गरेको आलोचना पक्षपातपूर्ण रहेको बताए।यो घोषणाले संसारलाई दुई भागमा विभाजित गरिदिएको छ। एकाथरी देशहरुले यसलाई खुसीको खबर मानेका छन्। ´र अमेरिकी मिडिया तथा केही अमेरिकीहरुले रुसी खोपविरुद्ध ठूलो सूचना युद्ध सुरु गरेका छन्,’ उनले भने´।

‘हामी अमेरिकालाई विश्वस्त तुल्याउने प्रयास गरिरहेका छैनौँ। विश्वलाई हाम्रो भनाइ के हो भने यो प्रविधि हामीसँग छ,’ उनले भने, ‘र, तपाईंको मुलुकको नियामक निकायले मान्यता दिन्छ भने यो खोप नोभेम्बर÷डिसेम्बरमा तपाईंको मुलुकमा उपलब्ध हुनसक्छ। जसलाई हाम्रो खोपमा विश्वास छैन उनीहरुलाई हामी खोप दिँदैनौँ। उनीहरुलाई आफ्नै खोप विकास गर्न सफलता मिलोस् भन्ने कामना गर्छौँ।यद्यपि दिमित्रेवले आफूहरुले अन्य मुलुकलाई परीक्षणको विस्तृत आकडा दिइनसकेको बताए´। यही महिना सो अध्ययन प्रकाशित हुने उनले बताए। एजेन्सी

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...