
केहि रुखका काठ अविश्वसनीय रूपमा महँगो हुने गर्दछन् । केहि दुर्लभ भएका कारणले पनि महँगो हुन्छन् । चन्दनको काठको मुल्य प्रतिकेजी १० हजार आसपासको मुल्य पर्दछ । तर सायद तपाईलाई थाहा नहोला, चन्दनको काठभन्दा पनि महँगो काठ हुने गर्दछ ।यो काठ मुल्य यति धेरै छ कि यसलाई किन्नुअघि ठुला ठु्ला धनाढ्यले समेत एक पटक सोच्नु पर्दछ ।
विश्वको सबैभन्दा महँगो काठको उपाधी पाएको यो काठ हो, अफ्रीकी ब्ल्याकउड ( blackwood ) । यसलाई पृथ्वीमा रहेको सबैभन्दा महँगो रुख मध्ये एक मानिन्छ । एक किलोग्रामको यस काठको मुल्य आठ हजार पाउण्ड अर्थात करिब १२ लाख रुपैयाँ पर्दछ । जबकि यति रकममा एक सामान्य घर, सस्तो जग्गा समेत आउन सक्छ ।
अफ्रिकी ब्ल्याकउडको रुख अरु रुखको तुलनामा अत्यन्त कम र दुर्लभ छ । यो रुखको उचाई २५ देखि ४० फिटसम्म हुने गर्दछ । यो मध्य र दक्षिणी अफ्रिकाको २६ देशमा मात्र पाइन्छ । यो केवल सुख्खा स्थानमा मात्र हुने गर्दछ ।मुख्यतः अफ्रिकी ब्ल्याकउड शहनाई, बाँसुरी र गिटार जस्ता संगीत वाद्ययन्त्र बनाउन उपयोग गरिन्छ । यस अलावा बलियो हुने भएकाले ब्ल्याकउड फर्निचर बनाइन्छ । तर टिकाउ हुने भएकाले यसको फर्निचर करौडौंमा बिक्री हुन्छन् । साथै यो रुख उपयोग योग्य काठ हुन लगभग ६० बर्ष लाग्दछ ।
लकडाउनमा १०१ किलो तौल बढ्योः खुकुलो भएपछि हिँड्न सकेनन्, अस्पताल भर्ना
लकडाउनमा धेरैजनाको तौल बढिरहेको सुन्ने र देख्ने गरेका छौं तर कोरोनाको उत्पत्ति स्थल ऊहानको यो घटना भने असाधारण छ । यहाँ पाँच महिनाको लकडाउनका बेला २६ वर्षका झाउको तौल १ सय १ किलो बढेको छ । अत्यधिक तौल बढेका कारण उनलाई सास फर्न समस्या भयो । झाउ एक साइबर क्याफेमा काम गर्छन् । उनी पहिले नै बढ्दो तौलका कारण तनावमा थिए तर चीनमा निकै कडा रुपमा लागू गरिएको लकडाउनको क्रममा उनको तौल तीब्र रुपमा बढ्दै गयो ।
डिसेम्बरमा झाउको तौल १७७ किलो थियो । लकडाउनका क्रममा पछिल्लो पाँच महिनामा उनको तौल २७८ पुग्यो । ८ अप्रिलमा जब चीनमा लकडाउन हटाइयो झाउ आफ्नो बढ्दो तौलका कारण हिँड्डुल गर्न सकिरहेका थिएनन् । सास फर्न समस्या भइरहेको थियो । उनलाई अस्पताल नै भर्ना गर्नुपर्ने भयो ।
४८ घण्टासम्म निद्रा लागेनः ऊहान युनिभर्सिटीको झान्गनेन अस्पतालमा झाउको उपचारमा संलग्न डाक्टरले आफूलाई ३१ मे मा बिरामीको फोन आएको र उनलाई ४८ घण्टादेखि निद्रा नलागेको जानकारी दिएको बताए । उनका अनुसार बिरामीलाई सास फेर्न गाह्रो भइरहेको थियो र निकै मुश्किलले कुरा गरिरहेका थिए । त्यसको भोलिपल्ट स्वास्थ्यकर्मीको टोली उनको घर पुगेको डाक्टरले जानकारी दिए ।
१० व्यक्तिको सहयोगमा अस्पताल पुर्याइयोः झाउललाई ६ सुरक्षाकर्मी र ४ स्वास्थ्यकर्मीको मद्दतमा अस्पताल पुर्याइएको हो । परीक्षणपश्चात् उनको ‘हार्ट फेल्योर र रेस्टिरेटरी डिसफङ्सन’ भएको पत्ता लाग्यो । चिनियाँ मिडियाका अनुसार ९ दिनसम्म २४ घण्टा स्वास्थ्यकर्मीको हेरविचारमा अब झाउको स्थिती सुधारोन्मुख छ ।
शल्यक्रियापश्चात् सुध्रियो स्थितीः
तौल कम गर्नका लागि झाउको शल्यक्रिया भएको छ । शल्यक्रियाको क्रममा एउटा हिस्सा हटाइएको छ । डाक्टरका अनुसार अबको तीन महिनामा झाउले २४ किलो तौल घटाउनु पर्नेछ । यसमार्फत् शल्यक्रियाको खतरा घट्ने गर्छ ।
स्रोतः रिपब्लिक वर्ल्ड