News Portal

खुसीको खबर,नेपाललाई रुसले कोरोना विरुद्धको भ्याक्सिन दिने

एनपर्दा संवाददाता
३०१ पटक

काठमाडौं -: नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग मंगलबार सिंहदरबारमा भएको भेटमा राजदूत नोभिकभले भन्नुभयो, ‘रसियाले तयार पारेको भ्याक्सिन नोभेम्वरमा विश्वबजारमा आउनेछ। नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो´।

अध्यक्ष तिमिल्सिनाले रुसमा रहेका नेपाली समुदायको यस कठिन परिस्थितमा पनि ख्याल राखेकोमा रसियन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो´। उहाँले रसियाले चिकित्सा, इन्जिनियरिङ, औद्योगिक जस्ता क्षेत्रहरूमा सीपयुक्त जनशक्ति विकासमा पुर्‍याउँदै आएको सहयोग तथा यी क्षेत्रहरूमा दिँदै आएको छात्रवृत्तिले नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताउनुभयो´।

नेपाल र रसियाको संसदीय प्रतिनिधि मण्डलबीच समय समयमा हुँदै आएका भ्रमणको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले दुई देशका संसदीय मैत्री समूहद्वारा दुई देशको संसद र जनता बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।राजदूत नोभिकभले नेपालको पर्यटन प्रबर्द्धन तथा रसियन पर्यटकको संख्या बृद्धि गर्न काठमाडौं-मस्को नियमित हवाई उडान सुरु गर्न सकिने धारणा राख्नुभयो´।

प्रतिकृया दिनुहोस्

कालापानीमा भारतीय फौजको परेड, बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत

राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेका बेला अचानक गुप्तचर प्रमुखको...

पुर्पुरोमा हात राखेर रुनु न हास्ने अवस्थामा आइपुग्यो भारत।नेपालसामु देखाउने दादागिरी अब बन्द

सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सुचीबाट भारत हटेको छ । हालै जारी गरिएको...

१३ महिनाकी सियोना श्रेष्ठलाई बचाउन सहयोगको ओईरो, अहिलेसम्म उठ्यो ४ करोड ९२ लाख देशबिदेशबाट

काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ । नेपालमा उपचार सम्भव नहुने...

टिकटक प्रतिबन्धपछि १० करोड फलोअर्स भएकी स्टारले देश नै छाडिन

पाकिस्तानकी टिकटक स्टार जन्नत मिर्जा पाकिस्तानबाट जापानमा बसाई सरेकी छन्। २२ बर्षे मिर्जा पहिलो पाकिस्तानी...

सत्तासिन कम्युनिष्टहरुको अन्तिम राष्ट्रवाद यसपटक देख्न पाइयो : भीमार्जुन

काठमाडौं, । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयलसँग...