News Portal

कयौं दिन बाकसमा लाश राख्ने देश आज कोरोनाको भ्याक्सिन बनाउँदै

एनपर्दा संवाददाता
५०० पटक

एजेन्सी । चीन पछि सबैभन्दा धेरै मानिसहरु कोरोना भाइरसका कारण मृत्यु भएको देश हो इटाली । त्यही इटालीमा एक समय लाश गाड्ने जमिन पनि बाँकी थिएन । अब भने इटालीले आफ्ना लागि कोरोना विरुद्धको भ्याक्सिन तयार गरी मानव परीक्षणका लागि शुरु गरेको छ ।

इटालीको राजधानी रामको बायोटेक्नोलोजी कम्पनी रिथेराले यस भ्याक्सिनको परीक्षण रोमकै लेजारो स्पेलेजनी इन्स्टिच्युट अस्पतालमा शुरु गरेको छ । यस अस्पतालमा ९० जना स्वयम् सेवकहरुलाई उक्त भ्याक्सिनको मात्रा दिइने बताइएको छ ।

यो भ्याक्सिनको नाम ग्रेड–सीओभी–२ हो । आउँदो १२ हप्तासम्म यी ९० जना स्वयम्सेवीलाई भ्याक्सिन दिए पछि निगरानीमा राखिने छ । हरेक दिन उनीहरुको शरीरको तापमान लिइने छ । यसका साथै उनीहरुको शरीरमा भ्याक्सिनको कारण हुने हरेक साइड इफेक्ट हेरिने छ ।

उक्त अस्पतालका निर्देशक फ्रास्सेको वाइयाले आफूहरुले पहिले एक ५० वर्षीया महिलालाई भ्याक्सिन दिँदा चार घण्टासम्म निगरानी गरेको बताए । उनले भ्याक्सिनको असर पत्ता लगाउनका लागि आफूहरुले ती महिलालाई अघिल्ला १२ हप्तासम्म घरमा नै राखेको बताए ।

सबैभन्दा पहिला भ्याक्सिन लिने महिलाले आफूलाई इटालीको विज्ञानप्रति पूर्ण भरोसा रहेको बताइन् । उनले भनिन्, ‘मलाई पुरै विश्वास र भरोसा छ कि म यो भ्याक्सिनको एन्टिबडी विकसित गर्न सक्ने छु र मानिसहरु पनि यो भ्याक्सिनको विकास र परीक्षणमा सामेल हुनेछन् ।’

यस भ्याक्सिनको परीक्षणका लागि इटालीमा ५ हजार भन्दा बढी मानिसहरुले निवेदन दिएका छन् । तर पूर्णरुपमा स्वस्थ मानिसहरु मात्र यसको परीक्षणका लागि छानिएका छन् । फ्रेस्सेको वाइयाले भने, ‘अहिले त हामी सबैभन्दा पहिले यो भ्याक्सिनको साइड इफेक्टमाथि केन्द्रित छौं । हामीलाई विश्वास छ, यो भ्याक्सिन आउँदो मार्च–अप्रिल महिनामा बजारमा आउने छ ।’

कोरोना भाइरसको कारण इटालीमा धेरै नै क्षति भएको छ । आज पनि इटालीमा २.६० लाखमा कोरोना संक्रमण छ । करीब ३५ हजार भन्दा धेरै मानिस यो भाइरसका कारण मरेका छन् । बीचमा केही मत्थर भए पनि पछिल्लो एक महिनामा इटालीमा कोरोना भाइरसको संक्रमण फेरि बढेको छ । इटालीमा गत शनिवार र आइतवार एक हजार भन्दा धेरै मानिसको कोरोना भाइरसबाट मृत्यु भएको छ । इटालीका साथै युरोपेली राष्ट्रहरुमा पनि यो भाइसर पुनः देखा परेको छ ।

प्रतिकृया दिनुहोस्

अब नयाँ प्रधानमन्त्रीमा डा.बाबुराम ?

काठमाडौं । काठमाडौं कान्तीपथस्थित चार बुर्जा दरबार अर्थात बहादुर भवनमा उपराष्ट्रपति नन्द बहादुर पुन बस्छन्...

नेपाल मै यस्ताे फेसबुकमा राम्रो फोटो राखेर केटाहरु फसाउने…{हेराै एकपटक}

बर्दियाकी ३३ वर्षीया आशिककुमारी चौधरीले अर्कैको राम्रो फोटो राखेर नक्कली फेसबुक आईडी बनाइन् । राम्री...

ओली नै नेकपाको प्रमुख पदाधिकारी भएको स्विकार (आयोगको निर्णयसहित)

काठमाडौं, निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रमुख पदाधिकारी केपी शर्मा ओली नै...

रवी लामिछानेले न्युज२४ छोडेपछि भने, “प्रधानमन्त्री बनेर जनताको सेवा गर्ने मन छ”

काठमाडौं:चर्चित पत्रकार तथा न्युज २४ टेलिभिजनबाट प्रसारित ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका संचालक रवि लामिछानेले न्युज २४...

अख्तियार प्रमुख परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली !

काठमाडौं – शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।...