News Portal

बेहुला आए, दाइजोमा १ रुपैयाँ मागे र बेहुलीलाई हेलिकप्टरमा उडाएर बिदा भए

एनपर्दा संवाददाता
१७६ पटक

हाम्रो समाज दाइजो प्रथाबाट पीडित छ । दाइजोकै कारण हाम्री छोरीबहीनीहरुले प्रताडित हुनुपरेका घटना सुन्दा मन कुँडिएर आउँछ । दाइजोकै कारण जिउँदै जल्नुपरेका जस्ता नमिठा घटनाहरु समाजमा व्याप्त छन् । यसरी दाइजोको लागि लाजमर्दो शर्त राख्नेहरुले यस खबरबाट केही सिकुन् ।

भारतको हरियाणा राज्यको सोनिपत जिल्लामा पर्ने हसनगढ गाउँमा केही पहिले रमाइलो वातावरणमा एक विवाह सम्पन्न भयो । बेहुलाले दाइजोको रुपमा कुनै कार अथवा पैसा मागेनन् मात्र एक रुपैयाँ मागे, त्यो पनि सगुनको रुपमा । त्यसपछि बेहुलीको बिदाइ डोली अथवा कारमा नभएर हेलिकप्टरमा भयो ।

बेहुलीको नाम सन्तोष हो र उनका बुवा सतबीर एक मजदुर हुन् । गएको फेब्रुअरी १० मा सन्तोषको बिहे हाँसीको रामपुर गाउँका सञ्जयसँग भएको थियो । सञ्जयको परिवारले बिहेमा कुनै दाइजो नलिने भनेर पहिले नै शर्त राखेका थिए । विवाहपछि उनले आफ्नी दुलहीलाई हेलिकप्टरमा चढाएर बिदा भए ।

यस्तै अर्को विवाह पनि यसैगरी सम्पन्न भयो, हरियाणको आहुलाना गाउँमा । यहाँ एउटै परिवारका दुई छोरीको विवाह भयो । दैनिक भास्करले बताए अनुसार पेसाले सुरक्षा गार्ड रहेका आहुलानाका पवन शर्माले आफ्नी दुई छोरी निशा र काजलको बिहे गरिदिए ।

गएको २६ जनवरीमा केहरपुरा गाउँका दुई दाजुभाइ प्रवीण र राजकुमारसँग निशा र काजलको विवाह सम्पन्न भयो । उनीहरुले पनि सञ्जयले जस्तै दाइजोमा सगुनको रुपमा एक रुपैयाँ लगे र आ आफ्नी दुलहीलाई हेलिकप्टरमा राखेर बिदा भए ।

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...