News Portal

कुलमानसँग अर्थमन्त्रीको बार्गेनिङ गरिरहेका ओलीलाई वामदेवको झटारो

एनपर्दा संवाददाता
३५१ पटक

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा आफु जानेबारे पार्टीले गरेको निर्णय कार्यान्वयन हुनपर्ने बताएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् ।राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई लैजाने र अर्थमन्त्रीमा निरन्तरता दिने योजनामा रहेका ओलीलाई वामदेवको निर्णय बज्रपात बन्न पुगेको छ ।

जनस्तरमा व्यापक रुचाइएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्को पुनर्नियुक्तिका लागी पार्टी तथा जनसमुदायमा अलोकप्रिय अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिनेगरी बार्गेनिङ् गरिरहेका ओलीको यो खेल अब करिब खतम भएको छ ।स्रोतका अनुसार घिसिङ्को निरन्तरताको पक्षमा रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग घिसिङ्लाई निरन्तरता दिने भए खतिवडालाई पपिन निरन्तरता दिनुपर्ने अडान राखिरहेका थिए ।

घिसिङ्को नियुक्तिमा ढिलाई गर्नुको कारण पनि खतिवडाको निरन्तरताका लागी हो भनेर नेकपा वृतमा चर्चा चलिरहेको थियो ।अचानक उपाध्यक्ष गौतमले यसअघि पार्टीले आफुलाई राष्ट्रियसभामा लैजाने भनी गरेको निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा उभिएपछि ओलीको योजना तुहिन लागेको हो ।

पछिल्लो समय कानुनीरुपमा अवैध रहेका कतिपय टेण्डरमा समेत रकम निकासी गरिरहेका खतिवडाकै निरन्तरताको पक्षमा रहेका ओलीका लागी गौतमको अर्को पनि झटारो गएको छ । त्यो हो अर्थमन्त्रीसहित उपप्रधानमन्त्रीमा गौतमको दावी ।

ओलीलाई यसअघि सत्ताच्युत हुनबाट जोगाएका गौतमका विपक्षमा खुलेर जानसक्ने अवस्था ओलीको छैन । तर आफ्नो फाइदाका लागी कसैको पनि सहयोग नदेख्ने ओली प्रवृतिले के गर्छ भन्नेमा चाहि कोही ढुक्क हुन नसक्ने अवस्था रहेको गौतम निकटका एक नेताले बताए ।

यदी गौतम पछिल्लो निर्णयबाट पछि हटेनन् भने खतिवडामात्रै जाँदैनन् ओलीका कतिपय आर्थिक योजनाहरु र टेण्डरहरुसमेत अनिश्चित बन्न पुग्छन् ।अहिले बालुवाटार निकटका कतिपय नेताहरुलाई खतिवडामात्रै नीतिगतरुपमा कमिशनको काम भईरहेको आरोप लाग्ने गरेको मात्रै छैन कतिपय टेण्डरहरुसमेत पुर्ण त कानुन विपरित हुने गरेका छन् ।

जस्तो रेलवे विभागले निकालेको अर्बौको टेण्डरमा ठेकेदार छनौटदेखि धेरै विषयहरुमा मिलेमतो भईरहेको र कानुन विपरित मुआव्जा जग्गा अधिकरणसमेत नभएको स्थानमा रेलवे ट्रयाकका लागी बोलपत्र आव्हान भएको थियो ।यसरी गौतमको पछिल्लो निर्णयले ओली निकै अप्ठ्यारोमा परेको नेकपाभित्र चर्चामा छ ।

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...