News Portal

नेकपा नेतृ अष्टलक्ष्मीलाई शीर्ष नेताको रहस्यमय फोन, कारण थाहा पाएपछि नेकपाभित्र खैलाबैला सुरु

एनपर्दा संवाददाता
३२६ पटक

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद केही साम्य भएपछि केन्द्रदेखि प्रदेशसम्म मन्त्री तथा मुख्यमन्त्रीको जिम्मेवारी फेर्ने विषयमा बहस सुरु भएको छ । पार्टीभित्रको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको ६ सदस्यीय कार्यदलको चारवटा बैठकपछि प्रारम्भिक प्रतिवेदन तयार पारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाइएको छ । कार्यदलले सहमतिको मस्यौदा तयार पारेपछि बुधबार कार्यदलका सदस्यहरू पौडेल र जनार्दन शर्मासहित अध्यक्षद्वयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । एकता महाधिवेशनबाट सहमतिमा अध्यक्ष हुने भएपछि सरकारको बाँकी कार्यकाल प्रधानमन्त्री ओलीले नै चलाउने प्रस्ताव पनि प्रतिवेदनमा छ । तर केन्द्र र प्रदेशमा मन्त्रिपरिषद् भने पुनर्गठन हुनेछ ।

शक्ति बाँडफाँटको कुरा नमिलेकै कारण नेकपाभित्र विवाद उत्पन्न भएको नेकपा नेताहरू नै बताउँदै आएका छन्। कार्यदलले तयार पारेको प्रतिवेदनमा संघदेखि प्रदेशसम्मका मन्त्री हेरफेरको तयारी छ। केही नेतालाई त कार्यदल र शीर्ष तहबाट फोनसमेत गरेर मन्त्री बन्न तयार रहन रहस्यमय फोन आएको जानकारी आएको छ। संघसँगै प्रदेश सरकारका मन्त्री हेरफेरका क्रममा सबैभन्दा बढी बागमती प्रदेशका मुख्यमन्त्री फेरिने चर्चा छ। मुख्यमन्त्री डोरमणि पौडेलको पद धरापमा परेको बुझिएको छ । पछिल्लो समय हाल विवादमा आएका मन्त्रीहरू फेरिने चर्चासँगै नयाँ आउन सक्ने सम्भावित उम्मेदवारका चर्चा पनि चलेको छ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेकी नेकपा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ । शाक्यलाई यतिबेला शीर्ष तहबाटै फोन आएर मुख्यमन्त्रीका लागि तयार रहन अनुरोध गरिएको बुझिएको छ। शाक्य आफैंले पनि फोनमार्फत मुख्यमन्त्री बन्ने अफर आउनसक्ने भएकाले तयारी रहन अनुरोध गरेको बताएकी छिन्।

पछिल्लो अवस्था हेर्दा विवाद समाधानका लागि बागमती प्रदेशको मुख्यमन्त्री नै बनाउने तयारी रहेको नेकपा स्रोतले बताएको छ। ‘मलाई नेताहरूले फोनमार्फत जिम्मेवारीका लागि तयार हुनुहोस् भन्नुभएको छ । तर के जिम्मेवारी दिने कहाँ दिने भन्नेबारे केही भन्नुभएको छैन,’ शाक्यले भनिन् । उनले विवाद समाधानका लागि मन्त्री हेरफेर गरिनुले पार्टी एकता मजबुत हुन्छ भने त्यो सकारात्मकसमेत भएको बताइन्। सरकारलाई प्रभावकारी बनाउन अध्यक्षद्वयमार्फत गठित कार्यदलले गरेको निर्णय स्वीकार भएको बताइन्। मुख्यमन्त्री परिवर्तनको बिषयले नेकपाभित्र खैलाबैला सुरु भएको छ ।

यसैबीच पार्टी विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले दुई अध्यक्षको अधिकार बाँडफाँटसहितको प्रतिवेदन बुझाईसकेको छ । एक साताको गृहकार्यपछि महासचिव पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको थियो । कार्यदलले प्रधानमन्त्री ओलीलाई प्रतिनिध सभाको यो कार्यकालभरि प्रधानमन्त्री हुने तर पार्टीमा सेरमोनियल अध्यक्ष रहने प्रस्ताव गरेको छ।अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष रहने कार्यदलको प्रस्ताव छ। प्रतिवेदनमा अध्यक्षहरूको जिम्मेवारी बाँडफाँडबारे एउटा छुट्टै शीर्षक राखिएको छ।

‘पार्टीमा दुई अध्यक्षीय व्यवस्थाको समझदारीपूर्ण एवं प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुने गरेको छ। एउटा समस्या समाधान गरेको केही समयपछि फेरि नयाँ रूप र स्तरमा अर्को समस्या आइलाग्ने गरेकोले यस अवस्थाको नकारात्मक प्रभाव समग्र पार्टी तथा सरकारको काममा समेत परिरहेको छ, ‘प्रतिवेदनमा भनिएको छ,’अब पारस्परिक विश्वास, सहमति, विधान र पद्दतिअनुरूप समस्या समाधान गर्नुपर्छ। यसका लागि अध्यक्षद्वयका बीचमा कार्यविभाजन र कार्याधिकार निश्चित गर्नुपर्छ।’

यसअघि गत मंसिर ४ गते ओली र प्रचण्डबीच भएको सहमतिमा पनि ओलीले सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्ष बनेर पार्टी चलाउने उल्लेख गरिएको थियो। तर प्रचण्डले खुलेर उक्त कार्यकारी अधिकारको प्रयोग गर्न पाएका थिएनन्। कार्यदलको प्रस्तावअनुसार प्रचण्डलाई पार्टी बैठकको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने भनिएको छ। कार्यदलले प्रधानमन्त्री ओलीको पार्टी भूमिकालाई भने साँघुरो बनाइदिएको छ। प्रधानमन्त्री ओली सरकारकै काममा केन्द्रीत हुने भनिएको छ।

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...