News Portal

आफ्नै कार, नेपालगञ्ज र पोखरामा घर, ३३ बर्षकी युवती यति भएपछि केटालाई के चाहिन्थ्यो !

एनपर्दा संवाददाता
२५७ पटक

सानु दहितको नाममा फेसबुक आइडी, प्रोफाइलमा सुन्दर फोटो । फेसबुकमा जोडिए नवलपरासीका युवा । च्याटमा गफ शुरु भयो । फोनमा पनि निरन्तर कुरा हुन थाल्यो । केटाले भिडियो कल गरौं भन्दा केटी मानिरहेकी थिइनन् । किनकी, उनी फेसबुकको प्रोफाइलमा राखेको फोटोजस्तो सुन्दर थिएनन् ।

फोनमा भेट्ने कुरा भयो । केटीले पोखरामा पनि आफ्नो घर रहेको बताइन् । नेपालगञ्जमा व्यापार व्यवसाय गरेको फूर्ति लगाइरहिन्। केटा अझ आकर्षित हुँदै गए। भेट्ने कर गर्न थाले। केटी पनि राजी भइन् र भनिन्, ‘म आफ्नै गाडीमा पोखराको घरमा जाने तयारीमा छु। त्यही बेलामा बाटोमा भेटौला र पोखरासँगै जाम्ला ।
फेसबुके प्रेमीसँग रोमान्स गर्ने सपना देखेका केटाले छिटो आउन कर गरिरहे। एक दिन केटी नेपालगञ्जबाट हिडेको बताइन् । उनले चन्द्रौटामा पुगेपछि पैसा, गहना, मोबाइल चोरी भएको र आफू अ’प’ह’र’णमा परेको बताइन्। प्रहरीलाई फोन गरिन्, ‘म शौचालयमा छु । चार जनाले मलाई अ’प’ह’र’ण गरेका छन् । अर्को ठाउँमा लैजाने कुरा गर्दैछन् । मलाई उद्दार गर्नु पर्यो।’

घटना भदौ २६ गतेको थियो । बाँके प्रहरी, प्रदेशका डीआइजी हुँदै कुरा हेडक्वाटरसम्म पुग्यो । जिल्ला र प्रदेशमात्रै होइन, पुरै हेडक्वाटर नै परिचालन भयो । फोनको लोकेसन हुँदा नेपालगञ्ज नै देखाइरहेको थियो । प्रहरीले भोलीपल्ट २७ गते नेपालगञ्जको फूल्टेक्रामा उनलाई भेटायो । बर्दियाबाट नेपालगञ्ज आएर बसेकी ३३ वर्षकी आशिक कुमारी चौधरीले यो सब नाटक गरेकी थिइन् ।

प्रहरीले केरकार गर्दा उनले केटाले भेट्न कर गरेपछि आफूले नाटक रचेको बताएकी छन् । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आइतबार अपरान्ह पत्रकार सम्मेलन गरेर घटना बाहिर ल्याएका हुन् । प्रहरीले झुठो मुद्दा र गलत सूचना प्रवाह गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको छ । यो हामीले जनवोली अनलाईनबाट लिएका हौ ।

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...