News Portal

यी फ्याक्टर जसले क्लोज गरिदियो उर्जा मास्टर’कुलमानको च्याप्टर

एनपर्दा संवाददाता
१४६ पटक

कपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऐतिहासिक कार्य सफलताका लागि बधाई दिएका छन्। चार वर्षे पदावधि सकिएपछि बिदाई भएका घिसिङलाई सेवाका दौरान लोकप्रियता कमाएको र इतिहास रचेको भन्दै किरातीले फेसबुकमार्फत बधाई दिए।

‘उर्जा मास्टर कुलमान घिसिङलाई ऐतिहासिक सफलताका लागि भारी बधाई छ। जीवनमा चमत्कार धेरै पटक हुँदैन। इतिहासको रक्षा स्वयंले गर्न जान्नु पर्छ,’ किरातीले लेखेका छन्, ‘कुलमान देशद्रोही एमसिसिमा डुब्लान की भन्ने डर थियो, बिदाईले सो डर आधा घटेको छ।’ अध्यक्ष किरातीले ‘आफूले बनाएको इतिहासको रक्षा गर्न’ घिसिङलाई सुझाव दिएका छन्।

प्राधिकरणमा उनलाई नै पुनर्नियुक्त गर्न ठूलो जनदबाव थियो-छ। यत्रो जनदबावका बीच पनि सरकारले किन उनलाई निरन्तरता दिएन? सरकारले नै प्रष्ट पारोस्। तर यसका पछाडि केही कारण भने छन्।प्रधानमन्त्री केपी ओलीले नचाहेपछि उर्जा मास्टर प्राधिकरणबाट अहिलेका लागि बिदा भएका छन्। उनलाई पुनर्नियुक्ति नगर्नुपर्ने कुनै ठोस कारण बालुवाटारसँग पनि छैन।तर विभिन्न स्रोत र विवरणअनुसार कुलमानप्रति बालुवाटारका तीन मुख्य गुनासा छन्। एउटा कारण छ।

पहिलो, प्राधिकरणमा भएका कामको जस कुलमानले एक्लै दिए भन्ने। लोडसेडिङ हटेको र प्राधिकरणले गरेका सम्पूर्ण कामको जस उनले एक्लै लिन खोजेको बालुुवाटारको आरोप छ तर कुलमानले कतै पनि यस्तो दाबी गरेका छेनन्। बरु उनले टीममा मिलेर काम गर्दा नतिजा आएको बताउँदै आएका छन्। जसमा उनले जनता, सरकार, मन्त्री र प्रशासक सबैलाई जस दिएकै छन्। बरु जनताले उनलाई बढी विश्वास गरे।

दोस्रो, आफ्ना पक्षमा मिडिया परिचालन गरे। आफ्नो बारेमा प्रचारप्रसार गरे। कतिपय अवस्थामा उनको चुलिएको प्रशंसाले सरकारलाई नै अप्ठ्यारो पारेको प्रधानमन्त्री निकटहरूको बुझाइ छ। यो पनि तर्कसंगत आरोप भने देखिदैन। तेस्रोमा उनले सराकारलाई नटेरेको आरोप छ। यो त झन मिथ्या आरोप भन्दा हुन्छ।अर्को महत्तवपूर्ण र अन्तिम आरोप हो। उनको माओवादीसँगको निकटमा। एउटा कुरा सही के हो भने उनी प्रचण्ड प्रधानमन्त्री हुँदा प्राधिकरणको कार्यकारीमा नियुक्त भए। त्यसबेला उर्जामन्त्री पनि तत्कालिन माओवादीकै नेता जर्नाजन शर्मा थिए। नेकपाभित्र घिसिङलाई पूर्वमाओवादी निकट व्यक्तिका रूपमा हेरिन्छ।

उनलाई विद्युत् प्राधिकरणको नेतृत्वमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले ल्याएका थिए। खुला प्रतिष्पर्धामार्फत उनलाई नेतृत्वमा चयन गरिएको थियो। २०७३ भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो भने उनले २०७३ भदौ ३१ गते पदभार ग्रहण गरेका थिए। कतिपयले घिसिङलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट व्यक्तिसमेत मान्ने गरेका छन्।

तर यतिले उनी माओवादी निकट नै हुन भन्ने पुष्टि गर्दैन। माओवादीपछि पनि उनले विभिन्न सरकार र उर्जामन्त्रीसँग काम गरे। ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिको अजेन्डा आइतरबार नै तयार पारेर पठाएको मन्त्रालय स्रोत बताउँछ। तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई बैठकमा प्रवेश नै गराउन चाहेनन्। कतिपयले पूर्व माओवादी र एमालेको गुटको भुंग्रोमा घिसिङलाई हालिएको बताउँछन्।

अभूतपूर्व काम: १ दशकको नाफा घाटा । स्रोत नेपाल विद्युत प्राधिकरणको ३५ औं वार्षिक प्रतिवेदन
घिसिङ नेतृत्वमा आएपछि देशमा विद्यमान १४ घण्टा लामो लोडसेडिङबाट जनताले मुक्ति पाए। यसैकारण उनको प्रशंसा चुलिँदै गयो। घिसिङले चारवर्षे कार्यकालमा नतिजा देखिने गरी दुईवटा काम गरे, चर्को लोडसेडिड भोगेको मुलुकलाई २४ सै घण्टा बिजुली दिएर आम जनताको मन जिते, टाट पल्टिएको संस्थालाई नाफामा लगेर आर्थिक रुपमा मजबुत बनाए।१४ घण्टा लामो लोडसेडिडमा रहेको मुलुकलाई दुई वर्ष बित्न नपाउँदै लोडसेडिडमुक्त बनाउनु सजिलो काम होइन। यस्तै ३५ अर्ब रुपैयाँ सञ्चित घाटामा गएको संस्थालाई ४ वर्षमा ५ अर्ब नाफाको अवस्थामा लैजानु चमत्कारभन्दा कम होइन।

घिसिङले बागडोर समाल्दा दैनिक १४ घण्टाभन्दा धेरै समय अँध्यारोमा बसेका मुलुकवासीलाई प्राधिकरणले धेरै विद्युत् खपत गर्ने उपकरण नचलाउन सार्वजनिक अनुरोध गथ्र्यो। अहिले घिसिङ बाहिरिँदै गर्दा प्राधिकरणले सबै ग्राहकलाई सकेसम्म धेरै विद्युत् खपत गर्न अनुरोध गरिरहेको छ।उनले चुहावट नियन्त्रणमा पनि धेरै सुधार ल्याए। घिसिङले प्राधिकरणको नेतृत्व २०७३ भदौ २९ मा समालेका थिए। सोही वर्षको लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकामा लोडसेडिङमुक्त हुन पायो।

घिसिङले काठमाडौं, पोखरा र भरतपुरलाई एकपछि अर्कौ गर्दै लोडसेडिङमुक्त गराउँदै गए। २०७५ वैशाखदेखि उद्योग कलकारखानामा समेत पर्याप्त बिजुली उपलब्ध गराएर लोडसेडिङ अन्त्य भएको घोषणा गरे। अहिले प्राविधिक समस्याबाहेक घोषित रुपमा लोडसेडिङ छैन।घिसिङले प्राधिकरणको बागडोर समाल्नुअघिसम्म वर्ष ०७२-७३ सम्म प्राधिकरणको कुल सञ्चित घाटा ३४ अर्ब ६० करोड रुपैयाँ थियो। कर्मचारीलाई तलब खुवाउन समेत प्राधिकरणलाई धौधौ पथ्र्यो।

अहिले सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउँदै आफैं पनि पूर्वाधारमा लगानी गर्न सक्ने संस्थाको रुपमा स्थापित भएको छ। आव ०७२-७३ सम्म प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड रूपैयाँ नोक्सानमा थियो, गत आवको अन्त्यसम्म वार्षिक ११ अर्ब ५ करोड रूपैयाँ नाफा कमाउने संस्थाका रुपमा उभिएको छ। प्राधिकरणको जिम्मेवारी लिएसँगै घिसिङले आन्तरिक सुधारका काम पनि गरे। आर्थिक वर्ष ०७२-७३ सम्म प्राधिकरणको प्रणालीमा रहेकोमध्ये २५.७८ प्रतिशत बिजुली चुहावट हुन्थ्यो। अहिले विद्युत चुहावट १५.२७ प्रतिशतमा झरेको छ।

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...