News Portal

आफु पनि भ्रष्टाचार गर्दिन अरुले गरे भने मुखमा पानी हालेर बस्दिन – प्रधानमन्त्री ओली

एनपर्दा संवाददाता
२०५ पटक

काठमाडौँ –: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न निदने र भ्रष्टाचार विरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ बताएका छन् । उनले महामारीका कारण प्रतिवद्धता पुरा नभएपनि निराश हुने अवस्था नभएको पनि बताए ।

संविधान दिवसको अवसरमा टुँडिखेलमा भएको विशेष कार्यक्रममार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै कोभिड–१९ को महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्र नरात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको बताएका हुन् । संकटको अवस्थामा पनि विदेशी दातृ निकायको सहयोग प्राप्त हुने क्रम बढेको पनि उनले बताएका छन् ।महामारीको अवस्था नभएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिवद्धता अनुसारका विकासका काम भइ सक्ने भन्दै उनले रोकिएको विकास वा सुस्त भएको विकास गतिको दोष कोरोना महामारीलाई दिएका छन् ।

महामारी नियन्त्रणको प्रयासमा सरकारी प्रयास राम्रो रहेको दाबी पनि प्रधानमन्त्री ओलीले सम्बोधन मार्फत गरेका छन् । सुरुमा विश्व समुदाय नै अलमलमा परेको र वैज्ञानिकहरु पनि यकिन भन्न सक्ने अवस्थामा नरहेको कुरा उल्लेख गर्दै उनले अहिले परीक्षणको दायरा फराकिलो बनाएको, आइसीयूको संख्या बढाएको तथा स्वास्थ्य सामग्री आवश्यक मात्रामा उपलब्ध गराएको बताए ।

उनले लिपुलेक–लिम्पियाधुरा–कालापानीसहितको क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक गरिएको र त्यसबाट सार्वभौमसत्ताको सुरक्षाका लागि आफ्नो सरकारको प्रतिवद्धतालाई कार्यमा देखाएको बताए । उनले सो कार्यका लागि सांसदहरुलाई पनि बधाई दिए ।

लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि प्रतिवघ रहेको बताएका उनले सञ्चारमाध्यमले तथ्य परक समाचार दिएर परिवर्तनको यात्रामा व्यवासयिकता प्रदर्शन गर्न आग्रह गरे ।आलोचकहरुले आलोचनाका लागि मत्रै आलोचना गर्ने गरेको आरोप पनि उनले लगाएका छन्।भ्रष्टाचार विरुद्ध आफ्नो सरकारको प्रतिवद्धता स्पष्ट रहेको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...