News Portal

मलाई पनि संस्कारी श्रीमान् चाहियो

एनपर्दा संवाददाता
१७७ पटक

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा कम छैन। रमाइलो गर्ने उमेरले होइन, मनले हो, चाहनाले हो, रहरले हो भन्ने गतिलो उदाहरण हुन् उनी। सामाजिक सञ्जाल टिकटकमा उनका १२ हजारभन्दा बढी फलोअर छन् भने उनले बनाएका प्रत्येक भिडिओहरू १५ हजारभन्दा बढीले लाइक गर्ने गरेका छन्।

युवा पुस्तामाझ निकै लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकमा उनका ती भिडिओहरू हेर्दा लाग्छ, उनी भर्खर जवान भएकी छन्, उनको लाउँलाउँ खाउँखाउँको उमेर भर्खरै आएको छ र बल्ल रमाइलो गर्दै जिन्दगीको मज्जा लिइरहेकी छिन्। उनी अहिले सेलिब्रेटी भएकी छिन्। युट्युब च्यानलहरूमा उनका प्रशस्त भिडियोहरू, अन्तर्वाताहरू हेर्न पाइन्छ।

उनी चर्चित भने आफ्ना पतिसँगको २२ वर्षे लामो वैवाहिक सम्बन्धविच्छेद गरेपछि बनिन्। यस अर्थमा उनी २२ वर्षसम्म गुमनाम बसिन्। उनकै शब्दमा भन्दा सम्बन्धविच्छेद भएको दिन उनका लागि स्वतन्त्रता दिवस हो। उनको श्रीमानसँग सम्बन्धविच्छेद भएको वर्षदिन भन्दा बढी भइसकेको छ।

सम्बन्धविच्छेद हुनुको कारण उनका अनुसार उनलाई ‘स्वतन्त्रता’ नदिनु नै मुख्य हो। खान, लाउन, हिँड्न, रमाइलो गर्न श्रीमानलाई खुसी बनाएर मात्र गर्नुपर्ने भएकाले आजित भएर बुढेसकालमा यस्तो नमिठो निर्णय लिएको उनले अन्तर्वाताहरूमा सुनाएकी छिन्। २२ वर्षसम्म आफ्ना रहरहरू दबाएर श्रीमानको खुसीमा खुसी हुने प्रयत्न गरेकी उनी श्रीमानबाट अलग भएपछि झनै खुसी छन्।

श्रीमानसँग छुट्टिने भनी गरेको निर्णयमा आजसम्म कुनै पश्चाताप छैन उनलाई। प्रसंग जोडेर भन्न खोजेको यति मात्र हो, महिला होस्, पुरुष होस्, विवाहित होस् वा अविवाहित, १६, २०, २५ वा ४५ वर्षको होस् वा ७५ वर्षको,आजको युगमा सबैका लागि स्वतन्त्रता अति नै आवश्यक छ। कसैलाई कसैको बन्धनमा परेर बाँच्न किमार्थ राम्रो लाग्दैन।

आफ्नो वरिपरिको वातावरण, परिवेश अनुसारको स्वतन्त्रता सबैका लागि बराबरी मात्रामा हुनुपर्छ मिना ढकालका लागि, मेरा लागि अनि तपाईंका लागि। सायद मिना ढकालले त्यही स्वतन्त्रताको लागि यो उमेरमा आएर छोराछोरी ठूला भइसकेपछि पनि यस्तो अप्रिय निर्णय लिनुपर्यो। सेतो पाटि डटकम बाट ।

प्रतिकृया दिनुहोस्

कालापानीमा भारतीय फौजको परेड, बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत

राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेका बेला अचानक गुप्तचर प्रमुखको...

पुर्पुरोमा हात राखेर रुनु न हास्ने अवस्थामा आइपुग्यो भारत।नेपालसामु देखाउने दादागिरी अब बन्द

सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सुचीबाट भारत हटेको छ । हालै जारी गरिएको...

१३ महिनाकी सियोना श्रेष्ठलाई बचाउन सहयोगको ओईरो, अहिलेसम्म उठ्यो ४ करोड ९२ लाख देशबिदेशबाट

काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ । नेपालमा उपचार सम्भव नहुने...

टिकटक प्रतिबन्धपछि १० करोड फलोअर्स भएकी स्टारले देश नै छाडिन

पाकिस्तानकी टिकटक स्टार जन्नत मिर्जा पाकिस्तानबाट जापानमा बसाई सरेकी छन्। २२ बर्षे मिर्जा पहिलो पाकिस्तानी...

सत्तासिन कम्युनिष्टहरुको अन्तिम राष्ट्रवाद यसपटक देख्न पाइयो : भीमार्जुन

काठमाडौं, । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयलसँग...