News Portal

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

एनपर्दा संवाददाता
१७९ पटक

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोलेको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ ।

मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन् । चापागाईंले मन्त्रिपरिषदले प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै मन्त्रिपरिषदले घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने विश्वाससमेत व्यक्त गरेका छन् ।

‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ,’ चापागाईंले भनेका छन्, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’

चापागाईंले मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेरै घिसिङको मात्र नाम मन्त्रिपरिषदमा प्रस्ताव गरिएको स्पष्ट गरे । गत २८ भदौमा कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकाएका घिसिङको प्राधिकरणले ३१ भदौमा औपचारिक बिदाइ गरेको थियो ।

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...