News Portal

दिपाश्रीलाई मुन्द्रेको कमेडी क्लबबाट हटाईयो, करिश्माको प्रवेश

एनपर्दा संवाददाता
१९० पटक

काठमाडौं,। नेपालको चर्चित टिभी कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई हटाईएको छ । उनको ठाउँमा चर्चित नायिका करिश्मा मानन्धरलाई ल्याईएको छ । अब प्रसारण हुने एपिसोडमा दिपाश्रीको ठाउँमा दर्शकले करिश्मालाई देख्नेछन् ।

केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक होईन भनेर दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी थिईन् । मुन्द्रेको कमेठी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा नै दिपाश्रीलाई हटाईएको स्रोतको दाबी छ ।

दिपाश्रीले उक्त कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी थिईन् । अबको कार्यक्रममा भने अध्यक्षतामा करिश्मालाई देख्न पाईने भएको छ । मुन्द्रेको कमेडी क्लब चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो हो । कोरोना कहरका कारण उक्त सो लामो समय स्थगित् गरिएको थियो ।

अब प्रसारण हुने एपिसोडमा चर्चित पत्रकार ऋषि धमला र नायिकासमेत रहेकी पत्नी एलिजा गौतमलाई अतिथिको रुपमा देख्न पाईने भएको छ । कार्यक्रमको छायाँकन भएपश्चात् नायिका गौतमले एक तस्विर सार्वजनिक गर्दै छिट्टै आउँदै भन्ने जनाएकी छिन् ।

प्रतिकृया दिनुहोस्

कालापानीमा भारतीय फौजको परेड, बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत

राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेका बेला अचानक गुप्तचर प्रमुखको...

पुर्पुरोमा हात राखेर रुनु न हास्ने अवस्थामा आइपुग्यो भारत।नेपालसामु देखाउने दादागिरी अब बन्द

सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सुचीबाट भारत हटेको छ । हालै जारी गरिएको...

१३ महिनाकी सियोना श्रेष्ठलाई बचाउन सहयोगको ओईरो, अहिलेसम्म उठ्यो ४ करोड ९२ लाख देशबिदेशबाट

काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ । नेपालमा उपचार सम्भव नहुने...

टिकटक प्रतिबन्धपछि १० करोड फलोअर्स भएकी स्टारले देश नै छाडिन

पाकिस्तानकी टिकटक स्टार जन्नत मिर्जा पाकिस्तानबाट जापानमा बसाई सरेकी छन्। २२ बर्षे मिर्जा पहिलो पाकिस्तानी...

सत्तासिन कम्युनिष्टहरुको अन्तिम राष्ट्रवाद यसपटक देख्न पाइयो : भीमार्जुन

काठमाडौं, । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयलसँग...