News Portal

कैलालीबाट युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, रहिनन् याे संसारम

एनपर्दा संवाददाता
९७७ पटक

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे तिर हतारमा उठियो। मम्मीलाई नि उठाएर आफ्नो लागि खाजा बनाउन लगाए किनकी कोरोनाको समय छ, सबै ठाउँमा खाना नास्ता खाने जस्तो माहोल छैन।फ्रेस भएँ। मम्मीले पकाउनु भएको नास्ता खाएँ, झोला तयार पारे। यति गरुन्जेल ६ बजिसकेको थियो।

मम्मीलाई हतारमा ल अब हिडेँ भनेर बाइक निकालेँ। एउटा काँधमा झोला भिरेँ, बाइक स्टार्ट गरेँ। घरको गेटबाट बाहिर निस्किएँ।घरबाट हिडेको लगभग खल्तिमा राखेको मोबाइलमा अलार्म बज्यो। सधैँ जसो म साढे ६ मा उठ्ने गर्थेँ तर आज म बाटोमा पुगिसकेको थिएँ। एकछिन रोकेर अलार्म बन्द गरेँ, अगाडि बढेँ।

अत्तरियादेखि अलि अगाडि स्याउले बजार भन्ने ठाउँ छ, एक जना भरत शाह दाइ बिहानै साइक्लिङ गर्दै थिए।
दाइ नमस्ते भन्दै बाइक अलि स्लो गरेँ। दाइले भन्नु भयो ‘ओहो भाइ! तिम्रो उठ्ने समय भैसक्या हो?’ हाँस्दै भनेँ ‘परिस्थिति दाइ, समय समयको खेल, कहिले ७/८ बजेसम्म सुतिन्छ, कहिले ५ बजे हिडिन्छ।’

छर्लङ्ग उज्यालो भैसकेको थियो। मलाई नेपालगन्ज पुग्नु थियो समयमै। दाइ म लागेँ है, ढिला हुन्छ भनेर अगाडि बढेँ। खुटियाको पुलमा पनि मर्निङ वाक गर्नेहरु हिँडिरहेका थिए। बिहानको चिसो मौसम, सरर हावा खादै म नि अगाडि बढ्दै गएँ। बनबेहडा, कुचैनी राजिपुर हुँदै मसुरिया पुगेँ।

गाडीहरु नि खासै चलेका थिएनन्, रोड खाली नै थियो। मैले धान्न सक्ने स्पिडमा बाइक चलाउन कुनै कुराले अबरोध गर्ने जस्तो अवस्था थिएन। मसुरियाको थोरै अगाडि एक जना युवतीले हात दिएर बाइक रोक्ने इशारा गरिन्। म दोधारमा परेँ, बाइक रोक्ने की नरोक्ने भनेर। जब नजिक पुगेँ, मेरो हात र खुट्टाको दुइटै ब्रेक एकै पटक लागेको थाहा नै भएन।

एक सुन्दर युवतीमा कतिसम्म आकर्षण हुन्छ भन्ने कुरा त्यो बेला बुझेँ जब मैले नचाहँदा नचाहँदै मेरो बाइकको ब्रेक आफै लागेको थियो।गुलाशी ओठ, खैरो आँखा, ५.४ फिट जति हाइट, सिल्की कपाल, हेर्दै आकर्षक जीउडाल। धेरैमा ५ सेकेन्ड भित्र मैले सबै यी कुरा हेरेर भ्याइसकेको थिएँ। अनि मुसुक्क हाँस्दै सोधेँ ‘हजुर भन्नुस्।’

उनले उत्तर फर्काइन्, ‘कतासम्म जानु हुन्छ, मलाई लग्दिनु हुन्छ?’ आफूलाई त के खोज्छस् काना आँखा भने जस्तै भयो। मेरो बाइकले नि अँ हुन्छ भने जस्तै लाग्यो। एक सिट खाली छ लग्दिउँ न भने जस्तै लाग्यो। बोक्ने त बाइक हो, बाइकले नै हुन्छ भनेपछि मेरो के लाग्यो र! हुन्छ भनेँ मैले नि, आवाज निकाल्दै। उनले फेरि सोधिन् ‘कति टाढासम्म?’ भनेर।

मैले नेपालगन्ज भनेँ, उनले खुसी हुँदै भनिन् ‘ए हो र?’
‘तपाई कहाँसम्म जाने?’उनले उत्तर फर्काइन् ‘तपाईं जहाँसम्म लग्दिनु हुन्छ, त्यहीसम्म। तर जाने त म नि नेपालगन्जसम्मै हो।’ए हो र? ल बस्नुस्, म नि त्यहीसम्म जाने हो।’उनले फेरि सोधिन्, ‘कसरी बसौँ?’‘तपाईलाई जसरी सजिलो हुन्छ, त्यसरी नै बस्नुस्।’

अनि अगाडि बढेउँ हामी। अब बाइकको रफ्तार पहिले जस्तो रहेन, स्पिड चलाउँदा उनको कपाल उडेर बिग्रिन्छ की भनेर विस्तारै चलाउदै थिएँ। कुरा गरे नि मज्जाले सुनिन्छ भन्ने तरिकाले चलाउँदै थिएँ। आफूले केही सोध्न सकिनँ, उनले केही सोधुन् भन्ने चाहाना थियपहलवानपुर पुगिसक्यौँ, केही सोधिनन्।

अगाडि बढेउँ त्यताबाट नि। बाटो त्यस्तै त हो, खाडलहरु आए ब्रेक लगाउनु पर्यो बाइक। अझैँ स्लो भयो, उन्ले अनि बोल्न सुरु गरिन् ‘यो देशको बाटो कहिलै राम्रो नहुने भयो है सर’ भनेर।‘अँ सधैँ यस्तै हो, कहिलै राम्रो देखिएन’ भनेँ मैले नि। मैले नि अब मौका पाएँ कुरा सुरु गर्न। सोधिहालेँ ‘के गर्नु हुन्छ’ भनेर।

‘म नर्स हो, नेपालगन्ज मै पढेकी म उतै जब गर्छु। अस्ति शुक्रबार घर आकी थेँ, अब फर्किदै आफ्नो काममा,’ उनले भनिन्। अनि तुरुन्त मलाई प्रश्न गरिन्, ‘तपाई के गर्नु हुन्छ?’मैले नि रमाइलो पारामा भनिहालेँ ‘राम्री नर्सहरुलाई लिफ्ट दिने काम गर्छु, कहिले यता कहिले उता’। मेरो कुरा सुनेर खुब खुलेर हासिन् उनी।

उनको त्यो हाँसेको अनुहार हेर्न साइड मिरर मिलाएर क्लियर नदेखिए नि अलि अलि देखिएकै थियो।उनले भनिन् ‘खुब हँसाउनु भो।’ अनि मैले भनेँ, ‘हाँस्नुस मजाले, स्वास्थको लागि फाइदा नै हुन्छ।’ अनि मैले फेरि सोधेँ ‘कति वर्ष भो तपाई नेपालगन्ज बस्न लाको?’‘५ वर्ष भैसक्यो’ भनिन्। अगाडि बढेकै थियौँ हामी आफ्नै गतिमा… एकछिन मौन भयौँ अनि बाइकको अलि स्पिड नि बढ्यो।

घोडाघोडी तालको बाटो हुँदै सुख्खड, सांढेपानी मुढा हुँदै बर्दगोरिया अनि लम्की पुगियो। लम्कीमा अलि बाइक स्लो भयो, अलि भीडभाड भएकै कारण।
उनले मौका पाउने बित्तिकै फेरि प्रश्न गरीहालिन्, ‘नास्ता खाने की?’मैले चिसापानीमा खानु पर्छ भनेँ। उनले हुन्छ भनिन् अनि अगाडि बढेँ। मनमा कुराहरु खेल्न थाले।

अब चिसापानी पुगेपछि त फेस टु फेस कुरा हुन्छ। फेरि सोचेँ, यति राम्री केटीको पक्का पनि बोइफ्रेन्ड होला। अब सुरुकै भेटमा सोध्नु नि भएन, नम्बर नि माग्नु भएन, फेसबुकमा नि नाम के पो छ, नाम त उन्ले सरस्वती भनेकी थिइन् तर फेसबुकमा त्यही नाम नहुन नि सक्छ।

अनि आफैदेखि आफैलाई प्रश्न गरेँ, उनले त केबल लिफ्ट मागेकी हुन्, फेरि यो सबै कुरा मलाई किन चाहियो! नेपालगन्ज पुगेपछि उनी आफ्नो बाटो, म आफ्नो बाटो, किन सबै सोध्नु पर्यो! ह्या केही सोध्दिनँ अब भनेर म ढुक्क भाको थिएँ।

चिसापानी पुग्यौँ। ‘नास्ता खाउँ अब रोक्नुस्, थाक्नु नि भयो होला’ उनले भनिन्। मैले हुन्छ भनेँ र रोकिएँ। नास्ता खाने एक पसल भित्र गएँ, फ्रेस भएर बसेँ। बाइकको हावाले होला, उनको कपाल बिग्रीसकेको थियो, गाजल अलि अलि बगेको थियो। बाइकको हावा लागेर आँसु आएर होला।

‘अनि गाँजल र कपाल त उडिसकेछ त,’ मैले हाँस्दै भनेँ। उन्ले हाँस्दै रुक्नुस्, म मुख धोएर आउछु भनिन्। मुख धोएर आइन् अनि मौकामा जिस्काइहालेँ ‘मेकअपभन्दा बिना मेकअपमा राम्री देखिनु हुने रैछ के।’ उन्ले हाँस्दै न हँसाउनु न भनिन्।उनले फेरि सोधिन् ‘तपाई के गर्नु हुन्छ?’ मैले नि यही मौकामा भनिहालेँ ‘नर्सहरुलाई फ्लर्ट गर्दै बस्छु।’

लास्टै कमेडी मान्छे हुनुहुँदो रैछ, यस्तो हँसाउने मान्छे पाउने वाला तपाईको वाइफ लास्टै भाग्यमानी हुन्’ उनले हाँस्दै भनिन्। मैले नि मौकामा चौका मारिहालेँ, ‘आजसम्म त्यो भाग्यमानी भेट्टिएकै छैनन्, त्यो भाग्यमानीको भ्याकेन्सी खाली नै छ।’अब मैले नि थाहा त पाउनु पर्यो की उनको बोइफ्रेन्ड छ की नै भनेर। ‘तपाई जस्ती राम्री नर्स पाउने तपाईको बोइफ्रेन्ड पनि त भाग्यमानी नै हुन् नि।’

उनले हाँस्दै भनिन् ‘नहँसाउनुस् न, सिधा सोध्नुस् न। मेरो बोइफ्रेन्ड छैन, ढुक्क भए हुन्छ।’‘बोइफ्रेन्ड तपाईको छैन, म कसरी ढुक्क हुने,’ मैले भनेँ। अनि उनले फेरि भनिन् ‘भयो, तपाई जति सकिन्न।’मैले भनिहालेँ, ‘फेरि बोलेर त म जति कोही सक्दैन, बोलेर मसँग जित्ने केटी खोज्दैछु।’उनले फेरि हाँस्दै भनिन्, ‘सक्न त म सक्थेँ तर अहिले ट्राइ गर्न मन छैन।’

मैले नि मौकामा भनिहालेँ, ‘समयमै ट्राइ गरिहाल्नुस् क्यारे, अहिले भ्याकेन्सी नि खाली छ।’उनले मेरो प्रश्नको उत्तर केही नदिएर ‘हिन्नु अब’ भनिन्। पैसा तिर्ने समय आयो, मैले पैसा तिर्दैथिएँ मलाई ‘पैसा तिर्न दिनु भएन, पछि कुनै दिन तपाईलाई मौका दिन्छु’ भन्दै आफै तिरिन्।

कर्णाली पुलको बीचमा पुगेका थियौँ, बाइक रोक्न भनिन् र गाडीमा यता उता गर्दा फोटो खिच्नै मिल्दैन, एक दुई वटा फोटो खिचेर जाउँ न है भनिन्। उनले आफ्नो मोबाइलबाट मेरो फोटो खिचिन् र मैले मेरो मोबाइलबाट उनको। त्यसपछि हामी हिड्यौँ त्यताबाट। फोटो पछि म्यासेन्जरमा हाल्दिनु होला भनिन्, मैले हुन्छ भनेँ।

उनले मेरो नाम फेसबुकमा सरस्वती नेपालीमा छ अनि पशुपति मन्दिरको अगाडि खिचेको प्रोफाइल छ भनिन्, मैले हुन्छ भनेँ। अब आर्मीको चेक पोस्ट आयो, मैले बाइक रोकेँ, इन्ट्री गराएर आएँ। उनले फेरि मजाकमा या साँच्चै के भनेकी थिन् थाहा छैन। बाइक म चलाउँ भनिन्।

मैले हाँस्दै भनेँ, ‘भयो, मलाई मर्नु छैन।’ बाइक आफै चलाएँ, उनी पछाडि नै बसिन्। उनले फेरि भनिन्, ‘कस्तो कास्ट के तपाईको खडायत, मैले पहिलो पटक सुनेको’ भनिन्। मैले नि भनेँ, ‘मेरो नामको पछाडि त राम्रै देख्या छ, तपाईको नामको पछाडि ट्राइ गर्नुस् न कस्तो देखिने रैछ?’

उनले हाँस्दै भनिन्, ‘मैले आजसम्म तपाई जस्तो मजाको मान्छे भेटेको थिइनँ। जुन कुरा नि क्या खुलेर भन्ने के तपाई,’ उनले फेरि भनिन्, ‘तपाई आफ्नो मनमा केही राख्न सक्नु हुन्न?’मैले फेरि यहीँ मौकामा चौका हानेँ, ‘मनमा त मैले ब्युटिफुल नर्सलाई राख्ने भनेको तर मौका नपाएर मात्र।’उनले फेरि भनिन्, ‘आज क्या मौकामा हिनेछु म, तपाई जस्तो मान्छे भेटिए त सधैँ घर आउने जाने गर्थेँ।

’ मैले हाँस्दै भनेँ, ‘मेरो त्यति समय हुन्न।’निकुञ्जको बाटो स्पिड लिमिट ४० भन्दा माथl चलाउन नमिल्ने. उनले अब सबै कुरा खुलेर गर्न थालिन्। सबै घरपरिवारको बारेमा भनिन् उनले, मेरो बारेमा सोध्थिन् अनि म केही न केही बाहाना उनलाई घुमाइहाल्थेँ।उनलाई मेरो बारेमा यति मात्र थाहा थियो की म चक्र खडायत अनि नेपालगन्ज जादैछु।

उनले लगभग त्यो निकुञ्जको बाटोमा सबै भनिसकेकी थिइन्। भुरिगाउँ पुगियो, अर्को चेकपोस्ट सुरु भयो। बबै पुलमा विस्तारै हिन्यौँ, उनका सबै गफगाफ सुन्दै थिएँ। त्यसपछि त यस्तो लाग्दैथ्यो- एक रेडियो बोल्दैछ, म सुन्दैछु।उनी सबै आफ्नै कुरा सुनाउनमा व्यस्त थिइन्। कुनै कुनै बेला मलाई सोध्दै थिइन् की तपाईलाई मेरो कुरा दिक्क लाको त छैन, ‘नाइ, रमाइलो लाग्दैछ’ भनेर सुन्दै थिएँ।

बासगढी पुग्यौँ र समान्य कुरा गर्दै हामी कोहलपुर पुग्यौँ। नेपालगन्ज पुगेपछि उनले धम्बोजिमा झर्ने कुरा गरिन्।धम्बोजी पुगियो, उत्रेर सबैभन्दा पहिले मेरो नम्बर मागिन् अनि उन्ले फेरि सोधिन् ‘प्लिज, भन्नु न तपाई के गर्नुहुन्छ?’मैले अब धेरै घुमाउन मन लागेन. सिधैँ उत्तर दिएँ, ‘रिजनल म्यानेजर इन मेडिसिन कम्पनी।’

उनले लामो स्वरमा भनिन्, ‘ओ… म्यानेजरहरु यति गफाडी हुन्छन् है, के गर्नुहुन्छको उत्तर दिन पूरै तीन घण्टा लगाउनु भो।’‘नर्स नि का कम हुन्छन् र?’ भनेँ।
एकछिन हास्यौँ, उनी अटोमा बसिन्। ल है बाइ भन्दै छुट्टिएर गइन्, म नि आफ्नो बाटो लागेँ।म नि रुममा पुगेँ, नुहाएर फ्रेस भएर अब मोबाइल चलाउनु पर्‍यो भनेर मोबाइल चलाउन सुरु गरेँ।

सुरुमै मेरो काम फेसबुकमा उनलाई खोज्नु थियो, नाम टाइप गरेर सर्च गरेँ। सरस्वती नेपालीमै रैछ, फोटो देख्ने बित्तिकै चिनिहालेँ। लिभ इन नेपालगन्ज थियो अनि सिंगल भनेर नि क्लियर त्यस्मै थियो।खुसी हुँदै तल स्क्रोल गरेँ, एक मिनेट अगाडि मात्र उनलाई ट्याग गरेर उनको फोटो सहित एक पोस्ट गरिएको थियो।

सरस्वती तिम्रो बैकुण्ठ बास होस्, म छाँगाबाट खसे जस्तै भएँ। जस्ले ट्याग गरेर पोस्ट गरेकी थिइन्, उनलाई तुरुन्तै म्यासेज गरेँ के भएको भनेर।उनको रिप्लाइ आएन, किनकी उनी मेरोमा साथी नै थिइनन्, बाटोभरि सँगै आयौँ, रमाउँदै आयौँ, जिन्दगीको के नै भर हुने रैछ र! एकछिनसम्म हाँस्दै रमाउदै गरेकी उनी बिलिन भएर गइन्।

मलाई विश्वास नै थिएन, मोबाइल नम्बर थियो। फोन गर्ने आँट नै आएन।तपाईं को भनेर फोन उठाउनेले सोध्दा मसँग उत्तर थिएन, छट्पटाइरहेको थिएँ। यत्तिकैमा ट्याग गर्ने केटीको रिप्लाइ आयो- याक्सिडेन्ट भएर। मैले कसरी भनेर सोधेँ, उनको जवाफ आयो- घरबाट आउदै थिइ, धम्बोजी पुगेपछि अटोमा आउँदा ट्रकले ठक्कर दिएछ, हस्पिटलसम्म नि लग्न पाएनौँ।

जीउ सिरिङ्ग भयो, अँखाबाट कतिखेर आँसु आयो पत्तो नै भएन। अरु धेरै केही सोध्न मन लागेन। उनकी साथीले अर्को म्यासेज गरिन्- तपाई को? मैले म्यासेज सीन गरेर छोडेँ, उत्तर मसँग थियो तर दिनै मन लागेन।जिवनमा धेरै मान्छेलाई लिफ्ट दिइयो तर उनीसँग त्यो बाटोमा बिताएका पल, उनको त्यो एकोहोरो बोलिरहने बानी। दैव पनि कस्तो रैछ, यतिसम्म निष्ठुरी हुने रैछ।

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...