News Portal

प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र, ‘मेरो छोरी जन्मिन्छ कि भन्ने डर लाग्न थाल्यो’

एनपर्दा संवाददाता
२८७ पटक

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छिन् । उनले पछिल्लो समय देशमा करणी का घटना, सरोकारवाला पदमा बसेका व्यक्तिले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै पत्र लेखेकी हुन् ।

गत साता गृहमन्त्री रामबहादुर थापाले करणी का बारेमा दिएको अभिव्यक्ति विवादमा आएको थियो। धेरैले आपत्ति जनाएको उनको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै ऋचाले पनि सामाजिक सञ्जालमा थापा र अघिल्ला मन्त्री तथा राजनीतिज्ञका गैरजिम्मेवार अभिव्यक्तिको हिसाबकिताब जनताले राखिरहेको भन्दै टिप्पणी गरेकी थिइन्।

चिठी यस्तो छः आदरणीय प्रधानमन्त्री ज्यू,
एउटा अभिनेत्रीबाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकाले हिजोआज आफैंलाई लाज लाग्न थालेको छ। डर लाग्न थालेको छ। मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ।

मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ। मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकूँला कि भन्ने डर लाग्न थालेको छ। मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ। मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ।

दिनहुँ स(साना नाबालकहरुलाई पनि करणी गर्ने भक्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैंलाई लाज लाग्न थालेको छ। जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा करणी जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयन निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परीक्षा दिएको युगमै छौं झैं लाग्छ।

हामी टेक्नोलोजीले चाहिँ विकसित भयौं, तर अफसोच, सोचले अझै पिछडिएका छौं। यहाँ बालिकाहरुलाई समेत खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं। जनताको नभए पनि एकचोटि परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाइ भनी हेर्नुस्। के यो देशमा उनीहरु सुरक्षित छन् र ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदैछन्। बाँकी तपाईंहरू बुझ्झकी !
निवेदक एक आम नेपाली नारी,
ऋचा शर्मा

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...