News Portal

यीनलाई मन्त्री बनाउन ओली राजी, प्रचण्डको गोजीबाट यी नाम

एनपर्दा संवाददाता
७५० पटक

काठमाडौं,। प्रधानमन्त्री केपी शर्मा ओलीले भरसक दशैं अघि मन्त्रीमण्डल पुर्नगठन गर्ने छाँट देखाएका छैनन् । तर, गर्नैपर्ने उनको सूची तयार छ । ओलीले आफ्नो सूचीबाट मात्र नभई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सूचीमा समेत आफ्ना मान्छे पार्न चाहेका छन् ।

ओलीको सूचीमा इश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, लेखराज भट्ट र भानुभक्त ढकालले निरन्तरता पाउने बुझिएको छ । विष्णु पौडेललाई अर्थ दिने, भीम रावल, सुरेन्द्र पाण्डे, तुलसा थापा, महेश बस्नेत र किसान श्रेष्ठलाई पनि मन्त्री बनाउने तयारी छ । तुलसालाई मन्त्री बनाएर वामदेव गौतमलाई चुप लगाउने ओलीको तयारी छ ।

यसपटक गिरिराजमणि पोखरेल, धनश्याम भुषाल, पद्मा अर्याल, शक्ति बस्नेत, हृदयश त्रीपाठी, रामेश्वर राय पनि हट्ने सम्भावना छ । पूर्व माओवादीबाट विना मगरलाई पनि निरन्तरता नदिने ओलीको चाहना रहेको बुझिएको छ ।

प्रचण्डले जर्नादन शर्मा, पम्फा भुषाल, देव गुरुङ, मातृका यादव र देवेन्द्र पौडेललाई मन्त्री बनाउन चाहेका छन् । यी नाम बालुवाटार पुगेको छ । तर, ओली गुरुङ र यादवलाई मन्त्री बनाउन चाहिरहेका छैनन् । उनको चाहना टोपबहादुर रायमाझी र प्रभु शाहको नाम आओस् भन्ने रहेको बुझिएको छ । रायमाझीले पछिल्लो समय ओलीलाई साथ दिइरहेका छन् । प्रभु शाह माधवकुमार नेपाललाई रौतहटमा अप्ठ्यारो पार्ने क्षमता राख्छन् ।

ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई साइजमा ल्याउन विरोधीहरुलाई मन्त्रीमण्डलमा सहभागी गराउने तयारी समेत गरेका छन् । यसपटक प्रचण्डलाई साथ छाड्ने, माधवकुमार नेपाललाई चुनौती दिनसक्नेको सम्भावना बलियो देखिएको छ । प्रचण्डलाई संकट पर्दा साथ छाड्ने टोपबहादुर रायमाझीले मन्त्री पाउने सम्भावना छ । लेखराज भट्टले प्रचण्डलाई चुनौती दिएकाले उनको पनि सरकारमा निरन्तरता निश्चितप्रायः छ । रायमाझी प्रचण्डबाट टाढिएका छन् । लेखराज भट्टलाई पनि सरकारमा निरन्तरता दिन खोजेका छन् । भट्ट पछिल्लो समय प्रचण्डको गुट त्यागेका स्थायी कमिटी सदस्य पनि हुन् ।

ओलीले माधव नेपाललाई कडा काउन्टर दिने रणनीति समेत बनाएका छन् । त्यसका लागि नेपालको गृहजिल्ला रौतहटमा असजिलो बनाइदिने गरी प्रभु शाहलाई मन्त्री बनाउने तयारी भएको छ । शाह रौतहटमा निकै प्रभावशाली मानिन्छन् ।-फाइल तस्वीर

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...